काठमाडौं । बुधबार रेकर्डको नजिक पुगेको सुनको मूल्य बिहीबार पुनः ओरालो लागेको छ ।
मूल्य तोलामा २४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि घटेर २३३५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको हो ।






















