Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

ढुवानी क्षेत्रमा नीतिगत सुधारको पहलसहित ३१ औं कार्गाे दिवस मनाइँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल फ्रेट फरवार्डरस् एसोसियसन (नेफा) को आयोजनामा २९ जुलाई अर्थात् साउन १३ गते काठमाडौंमा ३१ औं कार्गाे दिवस मनाइने भएको छ । पत्रकार सम्मेलन गरी नेफा वरिष्ठ उपाध्यक्ष एवं ३१औं कार्गो दिवस संयोजक नरेश कुमार अग्रवालले संघबाट प्रत्येक वर्ष २९ जुलाईका दिनलाई कार्गो दिवसको रुपमा मनाउने गरेको र यसैलाई निरन्तरता दिइएको जनाएका छन् ।

नेपाल फ्रेट फरवार्डरस एसोसिएसनले नेपाल इन्टरमोडल यातायात विकास समितिको सहकार्य तथा विभिन्न एयरलाईन्स, व्यवसायिक संस्था तथा विभिन्न क्षेत्रको सहयोगमा यस वर्ष ३१औं कार्गो दिवस मनाउन लागेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । लजिस्टिक डेभलपमेन्ट अफ नेपाल एण्ड बीबीआइएन कनेक्टिभिटी नाराका साथ विविध कार्यक्रम गरी दिवस मनाइने जानकारी दिइएको छ ।

काठमाडौंको हायात रिजेन्सी होटलमा आयोजना हुने दिवसमाा यस क्षेत्रका समस्या, चुनौतीहरु तथा यसमा रहेका सम्भावनाहरुको विषयमा सदस्यहरुलाई जानकारी गराइनेछ । कार्गो दिवसले केवल व्यापारिक छलफल मात्र नभई, देशको समग्र आपूर्ति श्रृङ्खलालाई कसरी अझ प्रभावकारी र सुदृढ बनाउन सकिन्छ भन्ने बारेमा गहन विचार विमर्शकाे अवसर प्रदान गर्ने आयोजकको दाबी छ । यो दिवसले लजिस्टिक क्षेत्रलाई आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डसँग जोड्न, पूर्वाधार विकासमा सरकारको ध्यानाकर्षण गर्न र यस क्षेत्रमा संलग्न जनशक्तिलाई प्रोत्साहन दिन महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । नेपालमा कार्गोको सहज प्रवाहले उत्पादन लागत घटाउन, समयमै सामान आयात निर्यात गर्न र समग्रमा नेपाली अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाउन पनि मद्दत गर्ने आयोजकको भनाइ छ । नेफाले भनेको छ, ‘कार्गो दिवस मनाउनु नेपालको व्यापार र आर्थिक वृद्धिका लागि एउटा अपरिहार्य कदम रहेको छ । यसले नेपाली उद्योगी व्यवसायीहरुलाई विश्व बजारमा जोडिन थप सहजता प्रदान गरेको छ। यस संघद्वारा तीन दशकभन्दा बढी समय देखि मनाउँदै आएको कार्गो दिवस नेपालको लजिष्टिक्स तथा फ्रेट फारवार्डिङ्ग क्षेत्रको प्रमुख कार्यक्रमहरुकोरुपमा स्थापित भइसकेको छ ।’

तीन सत्रमा सञ्चालन हुने कार्यक्रमको पहिलो सत्रमा उद्घाटन समारोहसहित ‘नेफा वार्षिक अवार्ड २०२५’ वितरण गरिनेछ । यो अवार्ड नेपाली लजिस्टिक्स क्षेत्रका विशिष्ट योगदानकर्ताहरूलाई प्रदान गरिनेछ । त्यसमा नेफा सदस्यहरू, सरकारी तथा गैरसरकारी संस्था, अनलाइन र अफलाइन एयरलाइन्स, सुख्खा बन्दरगाह सञ्चालक, लामो समयदेखि कार्यरत कर्मचारी र उत्कृष्ट वस्तुगत संघ/महासंघहरू समावेश छन् । कार्यक्रम सफल पार्न सहयोग गर्नेहरुलाई सो अवसरमा मायाको चिनो प्रदान गर्ने कार्यक्रम समेत छ ।

दोस्रो सत्रमा ‘लजिस्टिक विकास र बीबीआईएन कनेक्टिभिटी ’ शीर्षकमा रहेर अन्तक्रिया गरिनेछ । नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग तथा बोर्डका उच्च अधिकारीहरू, एशियन डेभलपमेन्ट बैंक–नेपाल मिशनका प्रतिनिधि, विमान सेवा प्रदायक, सिपिङ्ग कम्पनी, निजी क्षेत्र, अन्तर्राष्ट्रिय सरोकारवालाहरूको सहभागिता यो सत्रमा रहने र नेपालमा लजिस्टिक पूर्वाधारको वर्तमान अवस्था, बीबीआईएन (बंगलादेश, भुटान, भारत, नेपाल) सन्दर्भमा कनेक्टिभिटीका सम्भावना, नीतिगत समन्वय, ढुवानी मार्ग विस्तार तथा अन्तर्राष्ट्रिय व्यापार सहज बनाउन आवश्यक पहलहरूबारे त्यस सत्रमा छलफल हुनेछ ।

तेस्रो सत्र अन्तर्गत ‘फेलोसिप एण्ड ट्रेड मिट’ कार्यक्रम सञ्चालन गरिनेछ, जसमा सरकारी, निजी तथा अन्तर्राष्ट्रिय लजिस्टिक प्रतिनिधिहरूबीच कार्यपत्र प्रस्तुति, भिडियो डकुमेन्ट्री प्रदर्शनी तथा नेटवर्किङ अवसरहरू प्रदान गरिने आयोजकको भनाइ छ ।

सारमा ढुवानी क्षेत्रमा नीतिगत सुधारको पहलका विषयमा दिवस केन्द्रित हुने पत्रकार सम्मेलनमा उपस्थित आयोजक वक्ताहरुको भनाइ छ ।

Health Tips Ad Road Block