Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एडिबीद्वारा आर्थिक वृद्धि, रोजगारी र उत्थानशीलता केन्द्रित पाँचवर्षे नयाँ राष्ट्रिय साझेदारी रणनीति सार्वजनिक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका लागि एसियाली विकास बैंक (एडिबी) को राष्ट्रिय साझेदारी रणनीति (२०२५–२०२९) सार्वजनिक गरेका छन् । एडिबीको सञ्चालक समितिबाट यसै वर्ष असार ३ (तद्नुसार १७ जुन २०२५) मा स्वीकृत भएको राष्ट्रिय साझेदारी रणनीतिले नेपालका लागि एडिबीको आगामी पाँच वर्षको रणनीतिक मार्गदर्शन प्रस्तुत गरेको छ । रणनीति आर्थिक वृद्धिमा निजी क्षेत्रको नेतृत्वदायी भूमिका, युवाहरूका लागि रोजगारी वृद्धि र वातावरणीय दिगोपना तथा जलवायु एवं विपद् उत्थानशीलतामा केन्द्रित छ ।

अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनीराम शर्मा, नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वा र विश्व बैंकका तर्फबाट मालदिभ्स, नेपाल र श्रीलंकाका लागि अपरेसन्स मेनेजर प्रीति अरोराले राष्ट्रिय साझेदारी रणनीति सार्वजनिक गरे । एसियाली विकास बैंकले नेपालमा पहिलोपटक विश्व बैंक समूहसँग संयुक्तरूपमा राष्ट्रिय साझेदारी फ्रेमवर्क तयार पारेको हो र यो सहकार्यमा आधारित विकास योजनामा महत्वपूर्ण कोसेढुंगा सावित भएको जनाइएको छ ।

कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री पौडेलले भने, ‘एडिबीको नयाँ राष्ट्रिय साझेदारी रणनीतिको सार्वजनिकीकरणसँगै ६ दशक लामो हाम्रो साझेदारीमा नयाँ अध्यायको शुरुवात भएको छ । १६ औं योजनासँग तादम्य कायम गर्दै यसले समावेशी आर्थिक वृद्धि, जलवायु उत्थानशीलता र खासगरी युवाहरूका लागि गुणस्तरीय रोजगारी सिर्जनामा सहयोग गर्नेछ । आर्थिक रूपान्तरणको हाम्रो यात्रामा एडिबीको निरन्तर सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।’

ूराष्ट्रिय साझेदारी रणनीतिले नेपालको विकास लक्ष्य प्राप्तिमा सहयोग गर्ने एडिबीको अटल प्रतिवद्धतालाई प्रतिबिम्बित गर्नुका साथै समावेशी,उत्थानशील, हरित र रोजगारी–सघन आर्थिक वृद्धिको वृहद् एजेण्डा तय गर्दछ,ू कोश्वाले भने , ‘हामी अर्थमन्त्रालय नेतृत्व र विश्व बैंक समूहसँगको घनीभूत सहकार्यको मुक्तकण्ठले प्रशंशा गर्दछौं ।नीतिगत सुधार, संशस्थागत सुदृढीकरण तथा पूर्वाधार विकास आवद्ध गरिएका लगानी परियोजना, नीतिगत आधारमा प्रदान गरिने ऋण तथा क्षेत्रगत विकास कार्यक्रमको संयोजनमार्फत राष्ट्रिय साझेदारी रणनीतिको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवालासँग काम गर्न एडिबी प्रतिवद्ध छ ।’

राष्ट्रिय साझेदारी रणनीतिले डिजिटल रूपान्तरण, सुशासन र संघीयताका लागि क्षमता विकासका साथै महिला एवं वञ्चि तिकरणमा परेका साथै जोखिममा रहेका समूहहरूको सशक्तीकरणजस्ता अन्तरविषयगत प्राथमिकताहरू समावेश गरेको छ, जसले समावेशी र समतामूलक विकास परिणाम सुनिश्चित गर्ने जनाइएको छ ।

एडिबीका प्रमुख अर्थशास्त्री इयान ह्यानसन र कार्यक्रम अधिकृत श्रीजना राजभण्डारीले राष्ट्रिय साझेदारी रणनीतिका मुख्य रणनीतिक प्राथमिकता र प्रमुख परियोजनाहरू प्रस्तुत गरे । कार्यक्रममा प्रस्तुत गरिएको संक्षिप्त श्रव्यदृश्य सामग्रीमा एडिबी र विश्व बैंक समूहले रणनीति तयार गर्ने क्रममा विभिन्न सरोकारवाला समेत सातै प्रदेश र संघीय निकायहरूसँग गरेको व्यापक परामर्शलाई समेटेको थियो।

राष्ट्रिय साझेदारी रणनीति सार्वजनिकीकरण कार्यक्रममा नेपाल सरकार प्रतिनिधिहरू, विकास साझेदारहरू,निजी क्षेत्र, नागरिक समाज, प्राज्ञिक क्षेत्र र सञ्चा रकर्मीहरूको उपस्थिति रहेको थियो ।

एडिबी एसिया प्रशान्त क्षेत्रमा, समावेशी र उत्थानशील विकासका लागि सहयोग गर्ने प्रमुख बहुपक्षीय विकास बैंक हो । यसका सदस्य र साझेदारहरूसँग मिलेर जटिल चुनौतीहरू समाधानका लागि काम गरिरहेको एडिबीले जनजीविकामा रूपान्तरण, गुणस्तरीय पूर्वाधार निर्माण र पृथ्वीलाई जोगाउनका लागि नवप्रवर्तित वित्तीय औजारहरू एवं रणनीतिक साझेदारीको परिचालन गर्दछ । सन् १९९६ मा स्थापना भएको एडिबीमा ६९ सदस्यहरूको स्वामित्व रहेको र ती मध्ये ५० एसिया तथा प्रशान्त क्षेत्रमा अवस्थित छन् ।

Health Tips Ad Road Block