काठमाडौं । असार २३ गते रसुवा जिल्ला भएर आएको बाढी र पहिरोका कारण भएको क्षतिबाट उत्पन्न प्रारम्भिक बीमा दाबी रकम करिब २९ करोड रुपैयाँ रहेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार उक्त बाढी र पहिरोका कारण भएको क्षतिबाट २८ करोड ९२ लाख ६० हजार रुपैयाँको प्रारम्भिक बीमा दाबी परेको छ ।
विभिन्न ९ इन्स्योरेन्स कम्पनीमा बीमा माग दाबी भएको हो ।
त्यसमध्ये सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा १६ करोड १२ लाख १० हजार रुपैयाँमा माग दाबी परेको छ । त्यसपछि क्रमशः नेको इन्स्योरेन्स कम्पनी लिमिटेड, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड, आइजिआई प्रूडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड, युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड रहेका छन् ।























