Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनामा मन्त्री यादवको छड्के

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले बहुप्रतीक्षित मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गतका कामलाई अझ प्रभावकारी बनाउने उद्देश्यले गएराति अनुगमनमा गरेका छन् । गएराति मन्त्री यादवले प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुडालदेबी, विशालनगर, वङ्शीधर मार्ग र सुवर्ण शम्शेर सडकसम्मका क्षेत्रमा मेलम्ची खानेपानीको पाइपलाइन बिच्छाइएको स्थलहरूमा छड्के अनुगमन गरेका हुन् । मन्त्री यादवले खानेपानी मन्त्रालय मातहतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) द्वारा बालुवाटार, नक्साल (भाटभाटेनी पूर्व), टुडालदेबी, विशालनगर, वङ्शीधर मार्ग पश्चिम तथा सुवर्ण शम्शेर सडकका क्षेत्रमा मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गतको पाइपलाइन बिच्छाइएको क्षेत्रमा भए गरेका कामहरुका बारेमा प्रत्यक्ष रुपमा जानकारी लिन अनुगमन तथा निरीक्षण गरेको मन्त्री यादवको सचिवालयले जानकारी दिएको छ ।

अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री यादवले पाइपलाइन बिच्छाइएको क्षेत्रमा तत्काल पाइप परीक्षण कार्य सम्पन्न गरी मेलम्चीको पानी वितरण गर्न मातहतका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवास तथा आसपासका क्षेत्रहरूमा मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गत बिच्छाइएको प्राइमरी पाइपलाइन (३१५ मिमि) २८० मिमि (एचडिइपी) को निर्माण कार्य तेस्रो दिशात्मक ड्रिलिङग (एचडिडि) प्रविधिबाट सफलतापूर्वक सम्पन्न गरिएको र चाडै मेलम्चीको खानेपानी वितरण गरिने तयारी रहेको अनुगमनमा आफूले पाएको मन्त्री यादवले बताएका छन् ।

पाइपलाइनको दबाव परीक्षण (प्रेसर टेष्ट) को तयारी तथा कार्य सम्पन्न गर्ने चरणमा रहेको र प्रेसर टेस्ट सफलतापूर्वक सम्पन्न भएपछि डिएमए एच २, आई ३, आई ४ र आई ५ अन्तर्गतका क्षेत्रहरू बालुवाटार, नक्साल (भाटभाटेनी पूर्व), टुडालदेबी, विशालनगर, वङ्शीधर मार्ग पश्चिम तथा सुवर्ण शम्शेर सडकमा मेलम्चीको पानी आपूर्ति सुरु गरिने आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख लक्ष्मी उपाध्यायले जानकारी दिए ।

उनका अनुसार पानी वितरण पश्चात उक्त क्षेत्रका करिब ३ हजार ५०० घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।

Health Tips Ad Road Block