skip this News Page Tips Ad Road Block

बेष्ट फाइनान्स लिमिटेडको ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ सार्वजनिक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल राष्ट्र बैंकले जलवायु परिवर्तनका जोखिम न्यूनीकरण, वातावरणीय संरक्षण, र दिगो वित्तीय प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यले सार्वजनिक गरेको ‘नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी, २०२४’ अनुसार बेष्ट फाइनान्स लिमिटेडले ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ सार्वजनिक गरेको छ।

उक्त योजनामार्फत ग्राहकहरूलाई वातावरण संरक्षणमा प्रत्यक्ष सहभागी गराउने लक्ष्य लिइएको छ। योजनाअनुसार ग्रीन सेभिङ्स डिपोजिटमा सहभागी हुने प्रत्येक ग्राहकको नाममा एउटा बिरुवा रोपिनेछ। यसबाट ग्राहकहरूले वित्तीय लाभसँगै जलवायु संरक्षणमा प्रत्यक्ष योगदान पुर्‍याउनेछ।

बेष्ट फाइनान्सले उक्त वृक्षारोपण, संरक्षण र हस्तान्तरणको सम्पूर्ण प्रक्रिया व्यवस्थित गर्न लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एस नेपालसँग औपचारिक साझेदारी गरेको छ। सहकार्यसम्बन्धी सहमति पत्रमा बेष्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती र लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एस नेपाल (एरिया १ काठमाडौं) का एरिया चिफ कोअर्डिनेटर चिन्तन वज्राचार्यले हस्ताक्षर गरेका थिए।

५०० बिरुवा रोपेर अभियानको शुभारम्भ

साझेदारीको सुरुआती कार्यका रुपमा गोदावरी नगरपालिका वडा नं १ स्थित गोदामचौरमा ५०० बिरुवा रोप्ने वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम बेष्ट फाइनान्स, गोदावरी नगरपालिका र लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एस नेपालको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रममा गोदावरी नगरपालिका वडा नं १ का अध्यक्ष श्रीराज थापा, बेष्ट फाइनान्सका अध्यक्ष प्रा.डा. रामजी गौतम, प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती, संस्थाका कर्मचारीहरू, लायन्स क्लबका एरिया चिफ कोअर्डिनेटर चिन्तन वज्राचार्य, एरिया एक्जुकेटिभ चिफ बालकुमार पाण्डे लगायत विभिन्न पदाधिकारीहरूको उपस्थिति थियो।

लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एस नेपालका ५० भन्दा बढी क्लबहरूले वृक्षारोपण कार्यक्रममा ऐक्यबद्धता जनाएका थिए। उक्त वृक्षारोपण कार्यमा खाली जग्गाको पहिचान, बिरुवा रोप्ने, गोडमेल गर्ने, संरक्षण गर्ने तथा पाँच वर्षपछि स्थानीय निकायलाई हस्तान्तरण गर्ने योजना बनाइएको छ।

दिगो वित्ततर्फको अग्रसरता

बेष्ट फाइनान्सको यो पहलले नेपालमा दिगो वित्त र सामाजिक उत्तरदायित्वको नयाँ उदाहरण प्रस्तुत गरेको छ। जलवायु संकटको चुनौतीलाई वित्तीय प्रणालीमार्फत सम्बोधन गर्ने प्रयासले अन्य वित्तीय संस्थाहरूलाई समेत दिगो परियोजनामा लगानी गर्न प्रेरणा मिल्ने विश्वास गरिएको छ।

बेष्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत बीएन घर्तीका अनुसार, ग्राहकहरूलाई नाफासँगै प्रकृतिमा लगानी गराउने हाम्रो यो अभियान देशको हरियाली भविष्यतर्फको एक कदम हो।

Health Tips Ad Road Block