Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

विकासशील राष्ट्रहरूको साझा अनुभव नै कृषिको विकासका लागि ठूलो स्रोत हुन सक्छः कृषिमन्त्री अधिकारी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । संयुक्त राष्ट्र घीय खाद्य तथा कृषि संगठन एफएओले आयोजना गरेको अन्तर क्षेत्रीय संवाद कार्यक्रममा सहभागी हुन भियतनामको राजधानी हनोईमा रहेका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी एक देश एक प्राथमिक उत्पादन पहलसम्बन्धी उच्च–स्तरीय संवादमा सहभागी भए ।

दुई दिन सम्म चलेको एशिया र अफ्रिकाका कृषिसँग सम्बन्धीत मन्त्री तथा वरिष्ठ सरकारी प्रतिनिधिहरू सहभागी कार्यक्रममा मन्त्री अधिकारीले प्राथमिकतामा परेका कृषि उत्पादनहरूको विकास तथा व्यवसायीकरणका लागि एशिया र अफ्रिकी देशहरु वीच अनुभव र सहकार्यको आवश्यकतामा जोड दिए । मन्त्री अधिकारीले भने, “जलवायु परिवर्तनको असर र बजारको समस्या बढ्दै गएको अहिलेको समयमा, विकासशील राष्ट्रहरूको साझा अनुभव नै सबैभन्दा ठूलो स्रोत हुन सक्छ ”। उनले उच्च मूल्ययुक्त ठूलो अलैंची जस्ता उत्पादनहरूमा नेपालले ध्यान दिइरहेको र यसको प्रशोधन, मूल्य अभिवृद्धि, तथा कृषि उद्यमशीलतामा थप लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए ।

नेपाल–भियतनामबीच कृषि क्षेत्रमा सहकार्य सुदृढ हुँदै

यसैबी मन्त्री अधिकारीले भियतनामका उप–कृषि तथा ग्रामीण विकास मन्त्री होआङ त्रुङसँग द्विपक्षीय भेटघाट गरी दुई देशबीच कृषि व्यापार विस्तार, प्राविधिक सहकार्य, र संयुक्त अनुसन्धानका विषयमा छलफल गरेका छन् । उनीहरुबीच जडीबुटी तथा मसला जस्ता विशेष कृषि उत्पादनहरूमा नेपाल र भियतनामबीचको व्यापार प्रवद्र्धन ,पोस्ट–हार्वेस्ट प्रविधि, कृषि डिजिटलाइजेसन, तथा जलवायु–स्मार्ट कृषिमा प्राविधिक सहकार्य,युवा उद्यमशीलता र कृषि व्यवसाय तालिम आदान–प्रदान लगायतका विषयमा कुराकानी भएको मन्त्री अधिकारीले जानकारी दिएका छन् ।

Health Tips Ad Road Block