Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

इनड्राइभले काठमाडौंमा आयोजना गर्यो ‘ड्राइभर्स मिट एण्ड ग्रिट’

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले हालै काठमाडौंमा आफ्ना ड्राइभर पार्टनरहरूसँग ‘ड्राइभर्स मिट एण्ड ग्रिट’ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उद्देश्य ड्राइभरहरूको मेहनतर समर्पणप्रति कृतज्ञता प्रकट गर्नुका साथै आपसी संवादलाई प्रोत्साहन गर्ने र ‘छनोटको स्वतन्त्रता’ तथा ‘सामुदायिक सशक्तिकरण’ प्रतिको इनड्राइभको प्रतिबद्धतालाई थप मजबुत बनाउनु रहेको कम्पनीको भनाइ छ ।

स्थानीय ड्राइभर पार्टनर्स र इनड्राइभ टिमलाई एकसाथ ल्याउँदै, भेलाले प्रत्यक्ष अन्तरक्रिया, साझा अनुभवहरू र सहयोगी छलफलको लागि एक अद्वितीय प्लेटफर्म प्रदान गरेको बताइएको छ । इनड्राइभको एपीएसी नेतृत्वसँग अन्तरक्रियात्मक प्रश्नोत्तर सत्र,उत्कृष्ट प्रदर्शन गर्ने ड्राइभर पार्टनरहरूको सम्मानएवं प्रशंसा समारोह, चालकहरूको अनुभवर समर्थन प्रणाली सुधार गर्न खुला छलफलको लागि फोरमसहित इनड्राइभको सेवामा समर्पित चालकहरूप्रति सम्मान व्यक्त गर्दै कार्यक्रम सद्भाव, प्रशंसा र पारस्परिक सम्मानले सकारात्मक वातावरणमा सम्पन्न भएको थियो ।

‘हाम्रो यात्राको सफलताको मूल कारण ड्राइभर पार्टनरहरू हुन्,इनड्राइभ एपीएसी क्षेत्रका ड्राइभर अपरेशन्स हेड, निकोलाईले बताए, ‘यो भेटघाट र अभिवादन कार्यक्रम हाम्रो चालक–सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्ने एक सानो प्रयास मात्र थियो । तर त्योभन्दा पनि महत्वपूर्ण कुरा, यो अवसर उनीहरूको अनुभवहरू सुन्ने, चासो र चुनौतीहरू बुझ्ने, र उनीहरूसँगै सिक्दै अघि बढ्ने थलो बन्यो ।’

उनले थप स्पष्ट पारे, ‘हामी इनड्राइभलाई एउटा यस्तो पिपुल–फस्र्ट प्लेटफर्मको रूपमानिर्माण गर्न प्रतिबद्ध छौं, जहाँ छनोटको स्वतन्त्रता, पारदर्शिता र निष्पक्षता नै मूल मूल्यहरू हुन् । हाम्रो उद्देश्य केवल सेवाको सुधार मात्र होइन, हामीसँग जोडिएका प्रत्येक व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु हो ।‘

कार्यक्रमले आगामी प्लेटफर्म सुधारहरू र चालक अनुभवलाई अझ सुदृढ पार्ने उद्देश्यले डिजाइन गरिएका नयाँ सुविधाहरू र पहलहरूको घोषणा गर्न एक प्रभावकारी लन्च प्याडको भूमिका निर्वाह गरेको बताइएको छ । यस अवसरमार्फत, इनड्राइभले टेक्नोलोजीर सेवामा नवप्रवर्तनमार्फत चालक–सहयोगीहरूको जीवनलाई अझ सहज, सुरक्षित र लाभदायक बनाउने आफ्ना योजनाहरू प्रस्तुत गरेको छ ।

Health Tips Ad Road Block