Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

चालकले इन्धनको स्विच अफ गर्दा एयर इन्डिया दुर्घटनामाः प्रारम्भिक प्रतिवेदन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । भारतको अहमावादमा एक महिनाअघि दुर्घटनामा परेको एयर इन्डियाको बोइङ विमानको इन्धनका दुवै स्वीच चालकले अफ गरेपछि दुर्घटनामा परेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । दुर्घटना जाँचसम्बन्धी प्रारम्भिक प्रतिवेदनमा विमान उड्नासाथ चालकले एउटा स्वीच अफ गरेको र त्यसको चार सेकेण्डमा अर्को स्वीच पनि अफ गरेको भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका हुन् । इन्धनको स्वीच अफ भएपछि इन्जिन बन्द हुन पुगेर विमान दुर्घटनामा परेको प्रतिवेदनमा जनाइएको छ ।

सहचालकले सो विमान उडाइरहेका र क्याप्टेनले निगरानी गरिरहेका थिए । एक चालकले इन्धनको स्वीच किन अफ गरेको भनी पटक–पटक प्रश्न गरेको आवाज ककपिट भोइस डेटा रेर्कडरमा भेटिएको र अर्काे चालकले स्विच अफ नगरेको त्यहाँ उल्लेख गरिएको बताइएको छ ।

उक्त विमान दुर्घटनामा विमान भित्रका र बाहिरका गरी २ सय ६० जनाको मृत्यु भएको थियो भने विमानमा एक यात्रु जीवितै फेला परेका थिए । विमान दुर्घटनाको अन्तिम प्रतिवेदन अर्काे वर्ष जारी हुने जनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

Health Tips Ad Road Block