Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

खानी खोला हाइड्रोको हकप्रद सुरक्षित गर्न आज अन्तिम दिन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज असार २६ गते खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोलि असार २७ गते बुकक्लोज गर्ने जनाएको छ । त्यसअनुसार आज बैंकिङ समयसम्ममा नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ बराबरका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सिटिजन्स क्यापिटल लिमिटेडले गर्नेछ ।

Health Tips Ad Road Block