Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

रसुवागढी बाढीका कारण आधा दर्जन आयोजनाका २५० मेगावाट विद्युत प्रणालीबाट बिच्छेद

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । असार २४ गते बिहान भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण २५० मेगावाट विद्युत प्रणालीबाट बिच्छेद भएको छ । नेपाल विद्युत प्राधिकरणले उक्त जानकारी दिएको हो । प्राधिकरणका अनुसार ⁠रसूवागढ़ी जलविद्युत आयोजनाको हेडवक्र्स पूर्णरूपमा क्षति भएको छ । त्यस्तै ⁠चिलीमे जलविद्युत आयोजनाको टेलरेसबाट पानी छिरेको छ । यसैगरी ⁠त्रिशूली ३ ए जलविद्युत आयोजनाको ड्याम साइटको दुई वटा गेटमा क्षति पूगेको छ । प्राधिकरणले ⁠त्रिशूली ३ बी सबस्टेशनमा खोलाले धार परिवर्तन गरी सबस्टेशनभित्र छिरेको र हालसम्म १३२ केभीको बे लगायतका संरचनामा क्षति पुर्याएको जनाएको छ ।

त्रिशूली करिडोरको रसुवागढी, त्रिशूली थ्री ए, देविघाट, त्रिशूली लगायत निजी क्षेत्रको अपर मैलुङ तादी गरि लगभग २५० मेगावाट विद्युत प्रणालीबाट बिच्छेद भएको प्राधिकरणले उल्लेख गरेको छ ।

असार २४ गते नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रशारण निर्देशनालयका निमित्त उपकार्यकारि निर्देशक राजन ढकालसहितको उच्चस्तरीय प्राविधिक टोलिले निरीक्षण अनुगमन गरेको र यो विवरण सार्वजनिक गरेको हो ।

Health Tips Ad Road Block