Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एघार महिनामा १५ खर्बभन्दा बढी रेमिट्यान्स नेपाल भित्रियो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई रु.१५ खर्ब ३२ अर्ब ९३ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले वर्तमान आर्थिक अवस्थाबारेको तथ्याँक सार्वजनिक गर्दै यो जानकारी दिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो । केन्द्रीय बैंकका अनुसार २०८२ जेठ महिनाको विप्रेषण आप्रवाह रु.१ खर्ब ७६ अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह रु.१२८ अर्ब ९१ करोड रहेको थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।

Health Tips Ad Road Block