काठमाडौं । अनलाइन शपिंग प्लेटफर्म दराज नेपालले ७.७, “ह्वाट द फ्ल्याश” सेलको घोषणा गरेको छ । ७०% सम्मको छुट, निःशुल्क डेलिभरी, र रु. ६० लाख बराबरका भौचरहरूसहित यो अभियान असार २३ (जुलाई ७) देखि असार २७ (जुलाई ११) सम्म चल्ने कम्पनीले जनाएको छ । सेल मार्फत नेपाली उपभोक्ताहरूलाई धमाकेदार किनमेल अनुभवप्रदान गर्ने लक्ष्य दराज नेपालले लिएको छ ।
यस वर्षको ७.७ सेलमा स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको आकर्षक संयोजन देख्न पाइनेछ । जारा , एचएण्डएम, एचआरएक्स र यूएस पोलो लगायतका सात प्रतिष्ठित ब्रान्डले दराजमाआफ्नो कलेक्शन प्रस्तुत गर्नुका साथैप्रत्येकले ७—७ ओटा विशेष उत्पादनहरू केवल रु. ७७७ मा उपलब्ध गराउनेछन् । मामा अर्थ, भ्यान्स, कन्भर्स, नाइकीलगायतका सयभन्दा बढी अग्रणी एफएमसीजी तथा फेसन ब्रान्डहरूले फ्ल्याट ५०% छुट उपलब्ध गराउने छन् । यसबाहेक उपभोक्ताहरुका लागि रोमाञ्चक अनुभव प्रदान गर्ने सोचका साथ फास्टेस्ट फिंगर फ्ल्याश सेलमार्फत छानिएका उत्पादनहरु रु. ७, रु.७७, रु. ७७७, र रु. ७,७७७ मा पाइने अफरहरू पनि उपलब्ध हुने कम्पीको भनाइ छ ।
७.७ सेलको उद्देश्य केवल छुटमा मात्र सिमित भनई नेपाली उपभोक्ताका लागि उत्कृष्ट अनलाइन किनमेल अनुभव प्रदान गर्नु पनि रहेको र सेलले स्वास्थ्य र सौन्दर्य, फेशन, अडियो तथा वेयरेबल्स, फर्निचर, होम डेकोर लगायत विभिन्न श्रेणीमा अत्याधुनिक अफरहरूका साथ उपभोक्ताहरूलाई रोमाञ्चित बनाउने कम्पनीले आशा लिएको छ ।
दराजले ग्राहकहरूका लागि बेस्ट प्राइस ग्यारेन्टिड (बीजीपी) सुविधा पनि प्रदान गर्दै आइरहेको छ । यस सुविधाअन्तर्गत यदि कुनै ग्राहकले त्यही उत्पादन नेपालमा रहेको अरु कुनै अनलाइन प्लेटफर्ममा यसमा निर्धारित भन्दा सस्तो मूल्यमा पाउँछन् भने दराजले तिनलाई मूल्य अन्तरको दोब्बर रकम फिर्ता पुरस्कार स्वरुपप्रदान गर्ने जनाएको छ । तर यसका लागि सर्तहरू भने लागू हुने कम्पनीको भनाइ छ ।
यस सेल अन्तर्गत, रु. ४९९ वा सोभन्दा बढी खर्च गरेपछि छानिएका उत्पादनहरूमा निःशुल्क डेलिभरी सुविधा पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकहरूले यस सुविधाको उपयोगार्थ, दराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी भौचर संकलन गर्नुपर्ने कम्पनीले बताएको छ ।






















