Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पर्यटन केन्द्रीय सहकारी संघद्धारा दुई दिने सहकारीका जनशक्तिको क्षमता विकास तालिम सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लिमिटेड ललितपुर र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा काठमाडौंमा दुई दिने ‘पर्यटन सहकारी संस्थाका जनशक्तिको क्षमता विकाससम्बन्धी तालिम तथा गोष्ठी २०८२’ सम्पन्न भएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले उद्घाटन गरेर सुरु भएको तालिम आइतबार सकिएको हो । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले सहकारी विभाग प्रमुख खगराज अधिकारी र माओवादी केन्द्र सहकारी विभाग प्रमुख लिलामणि पोखरेल, राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डि.बी. बस्नेत, सहकारी विभागका उप–रजिस्ट्रार शशि कुमार लम्साल, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे लगायतको उपस्थिति तालिम कार्यक्रममा रहेको थियो । यसैगरी नेपाल पर्यटन बोर्ड पूर्व सदस्य एवं दिगो पर्यटन सहकारी संस्थाका अध्यक्ष राजेन्द्र प्रसाद सापकोटा, टानका अध्यक्ष सागर पाण्डे, नाराका पूर्व अध्यक्ष शिव अधिकारी लगायतको उपस्थितिमा तालिम तथा गोष्ठी भएको हो ।

‘मर्यादित सहकारी समुन्नत समाज’ नाराका साथ संघले १०३ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा दुई दिने तालिम तथा गोष्ठी गरेको हो । सहकारी क्षेत्रका करिब १५० जनाको सहभागिता तालिममा भएको संघले जनाएको छ । कार्यक्रममा शुभकामना व्यक्त गर्दै भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्र सुधारबारे ठोस सुझाव दिन सहकारीकर्मीहरुलाई आग्रह गर्दै त्यस्ता ठोस सुझावलाई कार्यान्वयन गर्न लागिपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिबी बस्नेतले धेरै वित्तीय कारोबार गर्ने क्रममा केही सहकारीमा समस्या रहेको स्विकार गरे । त्यस्ता सहकारीका क्रियाकलापमा सरकारको अनुगमन, नियमन प्रभावकारी हुनुपर्ने उनको भनाइ छ । नीतिगतरुपमा अभियानकर्मीले सुझाव दिएको राष्ट्र बैंकले हेरेको तर नीतिगत कुरा धान्न सक्ने अवस्था नरहेको उनले बताए । अभियानकर्मीले माग गरेको कुरा पुरा नभए सरकारलाई सहकारीका चाबी बुझाउने उनको चेतावनी छ ।

तालिम कार्यक्रममा संघका अध्यक्ष चन्द्र प्रसाद रिजालले केही गलत नियत राख्नेहरु र राजनीति गर्नेहरुले सहकारीका क्रियाकलापलाई विकृत बनाएको भन्दै सिद्धान्तअनुसार काम गर्न सहकारी क्षेत्र लाग्नुपर्ने बताए । गाउँ गाउँसम्म सहकारीलाई पुर्याउने मोडलमा जानुपर्ने उनको भनाइ छ।

पर्यटन सहकारी संघले सहकारीमार्फत पर्यटन व्यवसायको प्रवद्र्धन, स्थानीय गन्तव्यको पहिचान र सामुदायिक विकासमा दशकौंदेखि महत्वपूर्ण योगदान गर्दै आएको छ । कार्यक्रमको मुख्य उद्देश्य पर्यटन सहकारी संघ एवं संस्थाहरुमा संलग्न सहकारीकर्मीहरुको नेतृत्व र क्षमता विकास गरी सहकारीका माध्यमबाट आत्मनिर्भर बन्दै पर्यटन क्षेत्रको विकासमा सहयोग गर्ने रहेको  संघले जनाएकाे छ ।

Health Tips Ad Road Block