काठमाडौँ । नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीतिका सम्बन्धमा नेपाल राष्ट्र बै.कलाई सुझाव दिएको छ । नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले गभर्नर प्रा.डा. विश्वनाथ पौडेललाई आगामी मौद्रिक नीतिका लागि सुझाव हस्तान्तरण गरेका हुन् । परिसंघले विभिन्न चार विशिष्ट विधामा वर्गीकरण गरेर कुल १५ वटा बुँदागत सुझाव विस्तृत विश्लेषणसहित दिएको हो ।
सो अवसरमा अध्यक्ष अग्रवालले बजेटले राखेका लक्ष्य हासिल गर्न सहयोग गर्दै अर्थतन्त्रको पुनरुत्थानमा केन्द्रित गरी मौद्रिक नीति ल्याइनुपर्ने बताए । आगामी मौद्रिक नीतिले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्ने, बजारको आत्मविश्वास बढाइ अर्थतन्त्र पुनरुत्थानमा सहयोग पुर्याउन सक्नुपर्नेमा उनले जोड दिएका छन् ।
परिसंघले दिएको सुझाव यस्तो छः–






















