Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

मन्जुश्री फाइनान्सद्धारा आरएम केडिया आँखा अस्पताललाई सहयोग

Citizenlife ad 2082 falgun to baishak 2083

वीरगंज । मन्जुश्री फाईनान्स लिमिटेडले आफ्नो वीरगंज शाखामार्फत आरएम केडिया आँखा अस्पताल, वीरगंजलाई दुई थान एसी सहयोग स्वरुप हस्तान्तरण गरेको छ । विगत ५ दशकदेखि सर्वसाधारणलाई सेवा पुर्याउँदै आइरहेको केडिया आँखा अस्पताललाई कम्पनीले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो । अस्पताल नेपाल नेत्र ज्योति संघको नेतृत्वमा चल्दै आएको छ ।

सुरुवातमा ५ ओटा बेडबाट सुरु भएको अस्पतालले अहिले १७५ बेड मार्फत बिरामीहरुलाई सेवा पुर्याउँदै आइरहेको छ । प्रतिक्षालयमा रहने बिरामी तथा कुरुवाको सहजतालाई मध्यनज़र राख्दै मन्जुश्री फाईनान्सले आरएम केडिया अस्पताललाई एसी सहयोग गरेको जनाएको छ ।

समाजको सेवामा सदैव तत्पर मन्जुश्रीले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरुलाई आफ्ना विभिन्न शाखाहरुमार्फत सहयोग पुर्याउँदै आइरहेको जनाएको छ। मन्जुश्रीले हालसम्म रु. २२ अर्ब निक्षेप संकलन गरी करिब १८.२ अर्ब कर्जा परिचालन गरेको छ । निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको मन्जुश्री फाइनान्सले हाल सम्म २७ ओटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ । १ लाख ५० हजार भन्दा बढी ग्राहकहरुलाई सेवा पुर्याउदै आइरहेको मन्जुश्री फाइनान्स देशकै अग्रणी फाइनान्स कम्पनीको रुपमा रहेको छ ।

Health Tips Ad Road Block