Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नाडा अटो शो २०२५ को स्टल एलोकेसन सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नाडा अटो शो २०२५ का लागि स्टल एलोकेसन कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी आउँदो भदौ ३ देखि ८ गते (अगस्ट १९–२४, २०२५) सम्म भृकुटी मण्डप, काठमाडौंमा आयोजना हुँदैछ । वि.सं. २०५५ मा सुरु भएको नाडा अटो शो आजसम्म आई पुग्दा नेपाली अटो उद्योगको प्रमूख प्रदर्शनी बनेको छ, जसले प्रविधि, नवप्रवद्र्धन एवं गतिशीलतामा महत्वपूर्ण योगदान दिँदै आएको संस्थाको भनाइ छ ।

सहभागी ब्रान्डहरूः

चार पाङग्रेमाः दिपल, अवतार, डोङफेङ नामी, सेरेस, टेस्ला, टाटा, सुजुकी, आयोन, जेपेङ, रिद्रा, स्काइ वेल, बिवाइडी, फोटोन, वाउ ब्रुम्बी, जेएयर, बलभल, एलएस अटो, जेनपेङ गरी १८ स्टल रहेका छन् ।

दुई पाङग्रेमाः हिरो, रोयल इनफिल्ड, जोन्सन, यमाहा गरी चार स्टल रहेका छन् ।

लाइट कमर्शियल भेहिकलतर्फः न्यू गोनाउ, डिएफयसके, डोङफेङ, कामा, फोटोन, सोकोन, सिजी केवाइसी/किनलोङग, मन्त्र, स्काइवर्थ, काइनिउ, केवल/नाभ्को, सनलोङग गरी १३ स्टल रहेका छन् ।

अटो कम्पोनेन्टहरूः उसियन, गल्फ, डकम्स, एटिएस इएलजीआइ÷इएलजीआइ, म्याफ्रा, म्यक्साइन, वेभेक्स/कुरुमा, म्यासिमो नेपाल, मिचेलिन, लिक्विइ मोली, एसटीसी राइड/इनर्जी, सिटीइभिटी टायर, जेके/गुड टायर, स्पाइसर, भल्क्यान, आइटीआर/एटीएफ/यूएसबी/होबे, स्विाइजी, केपीआइ एण्ड कोहीनुर, इलेक्ट्रिक भेहिकल चार्जर, टनटन ग्रीन, टोटल इनर्जीज्, एसटीयूडीडीएस्ए/सएमके, माइक्रोबीज, होराइजन एफसिटी, म्याक, पीएलओ आदि ४० भन्दा बढी स्टल रहने नाडाले जनाएको छ ।

यस संस्करणका विशेष आकर्षणहरूः

मेड इन नेपाल पभिलियन, विन्टेज कार पभिलियन, अटो डायलग (नीति र प्रवृत्ति सम्बन्धी संवाद) इटेरी, क्याफे साथै एक विशेष प्रदर्शन छिट्टै सार्वजनिक गरिने नाडाको भनाइ छ

यस संस्करणको टाइटल स्पोन्सर एमएडब्लु ग्रुप अफ कम्पनीज् रहनेछ, जसले एक नविन र गैर–प्रतिस्पर्धी उत्पादनमार्फत शोमा .सहभागी हुनेछ । नाडा अटो शो–२०२५ अटोमोबाइल उद्योगप्रतिको जनचासो हुनुका साथै अत्याधुनिक प्रविधि तथा नेपालमा गरिएका इनोभेसनहरूको भव्योत्सव हुने विश्वास आयोजकको रहेको छ ।

Health Tips Ad Road Block