Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपालमा एमसीसी परियोजना निरन्तर चल्ने, अमेरिकाले दिएको स्वीकृतीको एमसिए नेपालद्धारा स्वागत 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालमा एमसीसी परियोजना निरन्तर चल्ने भएको छ । अमेरिकाले दिएको स्वीकृतीको एमसिए नेपालले स्वागत गरेको छ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुट अन्तर्गत एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिनका लागि अनुमति दिनेसम्बन्धमा अमेरिकी सरकारबाट भएको निर्णयको स्वागत गरेको हो।

एमसिए–नेपालले २९७ किमि विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मत लगायतका कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्नेसहितका कम्प्याक्ट क्रियाकलाप कार्यान्वयन गर्न मिलेनियम च्यालेञ्च कर्पाेरेशन (एमसीसी) सँग निकटतापूर्वक काम गरिरहेको जनाएको छ। एमसिए–नेपालले वैदेशिक सहयोगसम्बन्धी समीक्षा थालनी हुनुपूर्व नै अगाडि बढिसकेको तीन वटा सबस्टेशन एवं १८ किमि सीमापार प्रसारण लाइन निर्माणसम्बन्धी कार्यलाई निरन्तरता दिइरहेको पनि स्पष्ट पारेको छ।

एमसिए–नेपाल नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासमा महत्वपूर्ण प्रभाव पार्ने यी पूर्वाधार आयोजनाहरू सम्पन्न गर्न प्रतिबद्ध रहेको भन्दै  यस कम्प्याक्ट कार्यान्वयनका लागि एमसीसीको निरन्तर साझेदारीका लागि हार्दिक आभार प्रकट गरेको छ।

Health Tips Ad Road Block