Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

जलविद्युत उत्पादनको लगानीमा तीव्रताः एचआईडीसीएल र ऊर्जा मन्त्रालयबीच कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) का प्रमुख कार्यकारी अधिकृत प्रजेश विक्रम थापाबीच आर्थिक वर्ष २०८२/८३ को लागि कार्यसम्पादन करार सम्पन्न भएको छ। कम्पनीले चालु आवका लागि राखेका मुख्य कार्यसूची, उपलब्धि र नतिजामूलक सूचकहरूका आधारमा यो करार गरिएको ऊर्जासचिव आचार्यले बताए ।

एक समारोहबीच ऊर्जासचिव आचार्यले कम्पनीका सीईओ थापासँग कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा कम्पनीका उच्च अधिकारीहरू तथा मन्त्रालयका सह सचिवहरूको उपस्थिति रहेको थियो।

कार्यसम्पादन करारमा कम्पनीका नीति तथा योजना, लगानी संरचना, परियोजना कार्यान्वयन अवस्था, आर्थिक व्यवस्थापन, संस्था सुदृढीकरण र पारदर्शितालाई विशेष प्राथमिकता दिइएको छ। सम्झौता अनुसार एचआईडीसीएलले जलविद्युत् क्षेत्रमा लगानी विस्तार, सार्वजनिक–निजी साझेदारीमा परियोजना प्रवर्धन, आन्तरिक क्षमता विकास, तथा वित्तीय पारदर्शिता कायम गर्दै सञ्चालन कार्य सम्पादन गर्नु पर्नेछ।

त्यस अवसरमा ऊर्जा सचिव सुरेश आचार्यले जलविद्युत् विकासमा सरकारको दीर्घकालीन योजना कार्यान्वयनमा एचआईडीसीएलको भूमिका अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताए। “लगानीको वातावरण सुदृढ पार्न, सार्वजनिक विश्वास आर्जन गर्न र साना–ठूला सबै आकारका आयोजनाको वित्तीय व्यवस्थापनमा पारदर्शिता कायम गर्न कार्यसम्पादन करार महत्त्वपूर्ण उपकरण हो,” उनले भने।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रजेश विक्रम थापाले कार्यसम्पादन करारलाई संस्थागत उत्तरदायित्व, परिणाममुखी नेतृत्व र पारदर्शिताको आधार मान्दै सम्झौताअनुसारका लक्ष्य प्राप्तिमा आफू पूर्णतः प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले भने, “हामी हाम्रो संस्थालाई मुलुकको जलविद्युत् लगानीको मेरुदण्डको रूपमा अघि बढाउन चाहन्छौँ, र त्यसका लागि नीति, परिणाम र निष्पक्षता हाम्रो आधार हुनेछ।”

कार्यसम्पादन करारलाई सार्वजनिक संस्थाहरूमा सुशासन, पारदर्शिता र नतिजामूलक कार्यशैली विकासका लागि प्रभावकारी अभ्यासको रूपमा हेरिन्छ। यसले संस्था र नेतृत्व दुवैको जवाफदेहिता र भूमिकामा अझ स्पष्टता ल्याउने विश्वास गरिएको छ।

Health Tips Ad Road Block