Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

तपाईँको शेयर छ, तेह्रथुम पावरको १ बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आज असार १६ गतेदेखि १ बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर कम्पनीले निष्काशन गरेको हो ।

कम्पनीले ४० करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीको हकप्रद शेयरमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड गरिरहेको छ ।

शेयरधनीहरुले बिक्री प्रबन्धकका साथै नबिल बैंकका छत्तर, म्याङलुङ, फेदाप र संक्रान्तिबजारे शाखा कार्यालय तथा कुमारी बैंकको मेन्छियायम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

हकप्रद निष्काशन तथा बाँडफाँडपश्चात कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ ।

Health Tips Ad Road Block