काठमाडौं । वैदेशिक रोजगार क्षेत्रलाई थप पारदर्शी, जवाफदेही र श्रमिकमैत्री बनाउन उजुरी समाधान नगर्ने म्यानपावर कम्पनीको नवीकरण रोक्ने निर्णय गरिएको छ।
नेपाली श्रमिकको श्रम, पसिना र भविष्यसँग खेलवाड गर्ने कुनै पनि पक्षलाई छुट नदिइने युवा, श्रम तथा रोजगार मन्त्री, रामजी यादवले बताएका छन् ।
श्रमिकको अधिकार संरक्षण, सुशासन र जवाफदेहितालाई उच्च प्राथमिकतामा राख्दै मन्त्रालय दृढतापूर्वक अगाडि बढिरहेको उनको सचिवालयले जनाएको छ।
मन्त्री, रामजी यादवले श्रमिकको हितभन्दा माथि केही छैन भनेर बताएका छन्।





















