Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

श्रेष्ठ टेलरिङले मनायो ५० औं वार्षिकोत्सव, वार्षिकोत्सवका अवसरमा ग्राहकलाई हात खाली नजाने गिफ्ट भौचरको व्यवस्था

नेपालको सर्टिङ्ग–सुटिङ्ग, टेलरिङ्ग क्षेत्रमा पहिलो र एकमात्र आईएसओ मान्यता प्राप्त

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालको सर्टिङ्ग–सुटिङ्ग र टेलरिङ्गको क्षेत्रमा पहिलो आईएसओ मान्यता प्राप्त श्रेष्ठ टेलरिङ्ग सेन्टरले आफ्नो ५० औं वार्षिकोत्सव मनाएको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी संघका संस्थापक अध्यक्ष सिद्धिवीर बज्राचार्यको प्रमुख आतिथ्यमा टेलरिङको ५० औं वार्षिकोत्सव मनाएको हो । आईएसओ मान्यता प्राप्त सर्टिङ्ग सुटिङ्ग र टेलरिङ्ग नेपालमा श्रेष्ठ टेलरिङ्ग एकमात्र हो भने सटिंङ्ग–सुटिङ्ग र टेलरिङ्ग विकासको श्रेय पनि श्रेष्ठ टेलरिङ्ग सेन्टरले नै पाउँदै आएको कम्पनीले वार्षिकोत्सव मनाउँदै जानकारी दिएको छ ।

टेलरिङका संस्थापक बाबु काजी श्रेष्ठका अनुसार २०३१ सालमा एउटा सानो कोठाबाट सुरु गरिएको श्रेष्ठ टेलरिङ्ग सेन्टरले बितेका ५० वर्षमा लाखौं सन्तुष्ट ग्राहमात्र बनाएको छैन, अराधना कम्पलेक्स बागबजारमा मुख्य व्यपारिक शोरुमसहित मैतीदेवी, चावहिल, त्रिपुरेश्वर, चुच्चेपाटी, धुम्बाराहीलगायतका स्थानमा शाखा खोलेर ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आएको छ ।

बढ्दो बेरोजगारी समस्यालाई केही हदसम्म समाधान गर्नेतर्फ पनि श्रेष्ठ टेलरिङ्ग सेन्टरले महत्वपूर्ण भूमिका निर्वाह गरेको संस्थापक श्रेष्ठले बताए । श्रेष्ठले भने, ‘४० जना कर्मचारीलाई प्रत्यक्ष रोजगारी र ६० जनालाई प्रत्यक्ष–अप्रत्यक्ष रोजगार सिर्जना गरिएको छ भने देशको अर्थतन्त्रलाई मजबुत बनाउने र कर वृद्धिमा हामीले पुऱ्याएको योगदान सबैसामु छर्लङ्ग नै छ । हरेक किसिमका ग्राहकलाई एउटै छानामुनी ग्राहकको रोजाई र चाहना बमोजिमका सर्टिङ्ग सुटिङ्ग र टेलरिङ्ग सेवालाई हामीले सधैं उच्च प्राथमिकतामा राखेका छौं। हामीकहाँ आउने हरेक किसिमका ग्राहकले आफ्‌नो बजेटका आधारमा चाहेको जस्तो ब्राण्डेड कपडा र उच्चस्तरीय गुणस्तरको सिलाई पाउन् भन्नेमा हामी सचेत र प्रतिबद्ध छौं ।’

५० औं वार्षिकोत्सवका अवसरमा संस्थापक श्रेष्ठले जुनसुकै चाडपर्व, शुभकार्य र सामाजिक कार्यहरुमा जुनसुकै उमेर समूहका लागि चाहिने पोशाकका साथै कुनैपनि विद्यालय, कलेज तथा कार्यालयका लागि पोशाक खोज्दै ग्राहकहरु धेरैतिर भौतारिनु नपरोस् भन्ने अभिप्रायका साथ हरसम्भव आफ्नै छानामुनी सम्पूर्ण सटिंङ्ग–सुटिङ्ग र टेलरिङ्गको सेवा ब्राण्डेड कपडाका साथ उच्वस्तरीय सिलाईमा उपलब्ध गराउन सदा झैं प्रतिबद्ध रहेको दोहोर्याए ।

कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी संघका संस्थापक अध्यक्ष सिद्धिवीर बज्राचार्य जस्तोसुकै समस्या समाधान गर्न संस्थापक बाबु काजी श्रेष्ठ र आफू सुरुदेखि नै सँगसँगै रहेको र अर्काे जुनीमा पनि बाबु काजीकै साथी हुन सकौं भनेर भगवानसँग प्रार्थना गरेका थिए ।

कार्यक्रममा नेपाल टेलरिङ व्यवसायी महासंघका अध्यक्ष सदीस श्रेष्ठले श्रेष्ठ टेलरिङ नामै काफी रहेको भन्दै यो व्यवसाय मात्रै नभएर अभियान पनि हो भनि श्रेष्ठ टेलरिङको प्रशंशा गरेका थिए । ५० औं वार्षिकोत्सवको शुभकामना दिँदै महासंघका अध्यक्ष श्रेष्ठले श्रेष्ठ टेलरिङको यो अभियान हजारौं वर्षसम्म अगाडि बढोस् र देशैभर शाखा विस्तार होस् भनी शुभेच्छा व्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थाका कर्मचारी एवं सदस्यहरु, विभिन्न शाखाका प्रमुख एवं सदस्यहरु, व्यवसायका दौरान सहयोग गर्ने विभिन्न सहयोगी संस्था एवं पत्रकारहरुलाई सम्मानित गरिएको थियो ।

साथै ५० औं वार्षिकोत्सवका अवसरमा श्रेष्ठ टेलरिङले प्रत्येक ग्राहकलाई स्क्र्याच कुपनमार्फत् हात खाली नजाने गरी सुटपिस, कोट पिस, पाइन्ट पिस, ज्वारीकोट पिस, कुर्ता पिस, भित्ते घडी, ब्राण्डेड मोजा, दौरा–सुरुवाल र नगद रु. २०० देखि १ हजारसम्मको गिफ्ट भौचरको व्यवस्था गरिएको जानकारी दिएको छ ।

Health Tips Ad Road Block