भक्तपुर । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीका साथ काम भइरहेको छ ।
बोर्डका अनुसार विद्यार्थीका प्राप्ताङ्क प्रविष्टि गर्ने काम भइरहेको छ र यसलाई सकेर असार तेस्रो साताभित्र एसइईको नतिजा सार्वजनिक हुनेछ ।
गत २०८१ साल चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।






















