काठमाडौं । एलएस अटोको नेपालका लागि आधिकारिक वितरक नेक्सन भेन्चरले काठमाडौंको तिनकुनेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले नयाँ शोरुममा एलएस अटोको इलेक्ट्रिक एसयूभी एलईभी–०१ बिक्रीका लागि उपलब्ध गराएको जनाएको छ । कम्पनीका अनुसार एलईभी ०१ मा होरिजेन्टल डीआरएल, भर्टिकल डेडलाइट सेटअप र पछाडि सस्पेन्डेड टेललाइट डिजाइनजस्ता आकर्षक एलिमेन्ट छन् । गाडीको भित्री संरचना पनि उच्चस्तरीय छ । लेदरेट स्टेरिङ व्हील तथा सिट कभर, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ प्याड, मल्टिकलर एम्बियन्ट लाइट, प्यानोरामिक सनरूफ र इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट जस्ता सुविधा यसमा उपलब्ध छन् ।
यसमा १० वटा एयरब्याग, एबीएस, ईबीडी, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल लगायत उच्च सुरक्षा प्रविधिहरू समावेश गरिएको छ । युरो एनक्यापको क्र्यास टेस्टमा फाईभ स्टार सुरक्षा रेटिङ प्राप्त यो गाडीले उपभोक्तालाई भरपर्दो सुरक्षा सुनिश्चित गर्ने बताइएको छ । कम्पनीले एलईभी ०१ को स्ट्यान्डर्ड भेरिएन्टको मूल्य ५९ लाख ९५ हजार रुपैयाँ र कम्फर्ट भेरिएन्टको ६४ लाख ९५ हजार रुपैयाँ निर्धारण गरेको छ । गाडीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको मोटर र ब्याट्री वारेन्टी दिइएको छ ।
देशव्यापीरूपमा चार्जिङ स्टेशन समेत विस्तार गर्ने योजना बनाएको कम्पनीले काठमाडौं तीनकुने एयरपोर्ट कार्गो टर्मिनल अगाडि संचालनमा ल्याएको छ भने काठमाडौंको कालोपुलमा सर्भिस सेन्टर समेत स्थापना गरिसकेको जनाएको छ।
नयाँ शोरुम उद्घाटनको अवसरमा कम्पनीले थप दुई नयाँ ईभी मोडल एलभी एक्स र एलभी ५ छिट्टै लञ्च र्ने तयारी रहेको जनाएको छ ।






















