Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

शुक्रबार ४० औँ श्री जगन्नाथ रथयात्रा महामहोत्सव हुने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । असार १३ गते शुक्रबारका दिन ४० औँ ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना हुने भएको छ । नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ इस्कोनद्धारा आयोजना गरिने महामहोत्सवमा राष्ट्रपति रामचन्द्र पौडेलकाे विशेषा उपस्थिति रहने कार्यक्रम रहेको छ ।

नेपाली संस्कृतिको जगेर्ना तथा समाजमा आध्यात्मिक वातावरण स्थापनाको नियित प्रेरित हुने रथयात्रा महोत्सव–कमलादी–घण्टाघर–दरबारमार्ग–पुतलीसडक–प्रदर्शनीमार्ग–भद्रकाली–एनएसी–न्यूरोड–वसन्तपुर–न्युरोड हुँदै टुँडिखेलमा समापन हुने कार्यक्रम छ ।

नेपाल इतिहासमा परापूर्वकालदेखि नै राजाको प्रमुख आतिथ्यमा यसरी रथयात्रा हुने गर्दथ्यो । यसै संस्कृतिलाई निरन्तरता दिँदै राष्ट्राध्यक्ष राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा यसपटक पनि रथयात्राको शुभारम्भ हुने आयोजकले जनाएको छ । राष्ट्रपतिले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा श्री जगन्नाथ बलदेव सुभद्रा महारानीको दर्शन गरी पूजामा सहभागी हुने कार्यक्रम रहेको छ । साथै वैदिक धर्मलाई संसारभरि प्रचार गरि निभ्न लागेको जस्तो भान भएको हिन्दू सनातन धर्मलाई फेरि ब्युँझाउन योगदान गर्न इस्कोनका संस्थापक आचार्य श्रीमद् ए.सी. भक्ति वेदान्त स्वामीप्रभुपादलाई माल्यार्पण गरी सम्मान प्रकट गर्ने कार्यक्रम छ ।

बिहान १० बजेबाट शुरु हुने श्री जगन्नाथ रथयात्राको मूलआकर्षण भगवान श्री जगन्नाथ, बलराम र सुभद्रालाई विशेषरुपमा सजाइएको रथमा  नगर परिक्रमा गराउने ऐतिहासिक तथा धार्मिक परम्परा रहेको छ । भक्तजनहरुले रथ तान्ने सेवा गर्न पाउने यो अवसरलाई एक आध्यात्मिक सौभाग्य मानिने विश्वास छ । रथयात्राको क्रममा भक्तिभावले भरिएका हजारौैँ भक्तजनहरु मृदङ्ग, करताल र अन्य बाजाहरुको तालमा हरिनाम संकीर्तन गर्दै सँगै नाच्ने, गाउने र प्रभुको महिमा गाउने गर्दछन् ।

Health Tips Ad Road Block