काठमाडौं । जेठ २९ गते हुन गइरहेको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को नयाँ कार्यकालका लागि दुई समूहको चुनावी भिडन्त हुने देखिएको छ । दुवै समूहले आफ्नो प्यानल घोषणा गरेको हो । एकातिर वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन लामा प्यानल रहेको छ भने अर्काेतिर वरिष्ठ उपाध्यक्षमा बलराम खतिवडाको नेतृत्वमा प्यानल खडा भएको छ ।
खतिवडा वरिष्ठ उपाध्यक्ष भएको प्यानलमा उपाध्यक्षहरुमा भरत बहादुर खत्री, भरत प्रसाद नेपाल, कुमार खरेल, ई. दिपक पौडेल, उपाध्यक्ष (महिला) मा सिर्जना खड्का रहेका छन् । खतिवडा समूहको महासचिवमा प्रकाशचन्द्र दुलाल, सचिवहरुमा कृष्ण प्रसाद घिमिरे, तारा बहादुर इस्बो लिम्बु, ई. विरेन्द्र बहादुर मल्ल, सचिव (महिला) मा संगीता धमला र इशा श्रेष्ठ रहेका छन् । त्यस्तै कोषाध्यक्षमा ई. मिथुन पौडेल र सदस्यहरूमा सोमनाथ कँडेल, डा. भुषण गुरागाई, सन्तोष राज नेपाल, मिलन खड्का, जगदिश शिवाकोटी, सि.ए. नारायण कँडेल, सुकुन्द ओझा, प्रदिप ओली, सदस्य (महिलाहरु)मा ज्योति गैरे र इन्दिरा पन्त रहेका छन् ।
अर्काेतिर उत्तम भ्लोन नेतृत्वमा रहेको प्यानलको उपाध्यक्षहरुमा उत्तर कुमार श्रेष्ठ, शुसन कर्माचार्य, हिम पाठक, विक्रम विष्ट, नरेन्द्र वल्लभ पन्त, महासचिवमा टिएन आचार्य, उपमहासचिवमा कविता पोखरेल, कोषाध्यक्षमा शंकर वस्याल रहेका छन् । सचिवहरुमा कुवेरमणि नेपाल, अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, सुमन जोशी तथा विजय मोहन भट्टराई र सदस्यहरुमा अनुप आचार्य, जगत पोखरेल, कदम के.सी., प्रतिमा ज्ञवाली, वर्णन लामिछाने, नारायण खनाल, ज्योति गैरे, सोमनाथ कँडेल, सरीता शाक्य प्रधान रहेका छन् ।





















