Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

‘कृषि क्षेत्रको सर्वाङ्गीण विकास विना राष्ट्रिय समृद्धि सम्भव देखिँदैन’

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले देशको कूल गाह्रस्थ उत्पादनमा करिब २३ प्रतिशत योगदान गर्ने कृषि क्षेत्रको सर्वाङ्गीण विकास विना राष्ट्रिय समृद्धि सम्भव नभएको बताएका छन् । उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रमको स्थापना कार्यशालामा मन्त्री अधिकारीले राष्ट्रिय आय, खाद्य तथा पोषण सुरक्षा, रोजगारीको श्रृजना र गरिबी निवारणमा कृषि क्षेत्रबाट विगत दशकहरु देखि नै महत्वपूर्ण योगदान रहँदै आएको र यस कार्यक्रमले कृषि क्षेत्रको दिगो विकासमा थप सहयोग गर्ने अपेक्षा व्यक्त गरे ।

मन्त्री अधिकारीले कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका २० जिल्लाका ८० वटा पालिकाहरुमा सञ्चालनमा आएको उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रमले कृषि पारस्थितिकीय र उत्थानशील खेती प्रणालीको प्रवद्र्धनमार्फत उक्त क्षेत्रमा उच्च संभावना भएका उच्च मूल्य कृषि वस्तुहरुको प्रवद्र्धन गर्दै बजारीकरणमार्फत साना कृषकहरुको आयआर्जन र गरिबी निवारणमा महत्वपूर्ण योगदान पुर्याउने छ, भने । मन्त्री अधिकारीले विगतदेखि नै परम्परागत खेती प्रणालीबाट उत्पादन भइरहेका बालीहरुको व्यवसायीकरण गरी मूल्य श्रृंखलाको विकासमार्फत निर्यात प्रवद्र्धन गर्न सके कृषकहरुको जीवनस्तरमा सुधार ल्याई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्ने पनि बताए ।

नेपाल सरकार र आइएफएडीबीच सम्झौता भई ८ वर्ष अवधिका लागि लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश अन्तर्गत २० जिल्लाका ८० पालिकाहरुमा लागु हुने यस कार्यक्रमले नाफामूलक, समावेशी र पर्यावरणीय दिगो खाद्य प्रणालीको अवलम्बनमार्फत युवा, महिला, जनजाति र आदिवासीको सशक्तिकरण गर्दै गरिबी निवारण र साना कृषकहरुको उत्थानशीलता सुधार गर्ने लक्ष्य लिएको छ ।

कार्यक्रममार्फत बुटवल उपमहानगरपालिकामा अन्तर्राष्ट्रियस्तरको कृषि बजार निर्माण गरि संचालन गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले जानकारी दिए । सचिव शर्माले यसमार्फत देशका अन्य क्षेत्रहरुमा स्थापना भएका स–साना कृषि बजारहरुको आवद्धता गरी उच्च मूल्य कृषि वस्तुहरुको क्षेत्रीय र अन्तर्राष्ट्रिय बजारमा निर्यात प्रवद्र्धन गर्न सक्ने संभावना समेत रहेको बताए ।

Health Tips Ad Road Block