काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्नो डिजिटल सेवालाई अझै उत्कृष्ट बनाउने तथा आफ्ना ग्राहकलाई दिईरहेको सेवालाई अझै प्रभावकारी बनाउने उदेश्यले इन्स्टा फण्ड ट्रान्सफरमार्फत निशुल्क अन्तर बैंक रकमान्तरको सुबिधा ल्याएको छ । यो सुबिधा मन्जुश्रीको मोबाइल बैंकिङ एपको मन्जुश्री स्मार्ट अन्तर्गत इन्स्टा फण्ड ट्रान्सफर भुक्तानी विकल्पबाट, एनपीएसमा आवद्ध बैंक तथा वित्तीय संस्थामा रहेको खातामा रकम रकमान्तर गर्न सक्ने कम्पनीले जनाएको छ ।
ग्राहकवर्गको डिजिटल अनुभवलाई अझै उत्कृष्ट र सहज बनाउने उदेश्यले सो सेवालाई मन्जुश्रीले आफ्नो एपमार्फत ग्राहकमाझ ल्याएको जनाएको छ ।
निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको मन्जुश्री फाइनान्सले हाल सम्म २७ ओटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराईरहेको छ । हालसम्म १ लाख ५० हजारभन्दा बढी ग्राहकहरुलाई सेवा पुर्याउँदै आइरहेको मन्जुश्री फाइनान्स, फाइनान्सहरुको श्रेणीमा एक अग्रणी स्थानमा रहेको छ ।





















