काठमाडौं । नेपाल सरकारले वर्तमान समयमा इजरायल र इरानको भ्रमण नगर्न आग्रह गरेको छ ।
परराष्ट्र मन्त्रालयले यात्रासम्बन्धी जानकारी अर्थात् ट्राभल एड्भाइजरी जारी गर्दै इजरायल र इरानबीचको द्वन्द्वका कारण सृजित घटनाक्रमलाई ध्यानमा राख्दै सरकारले अर्को सूचना जारी नभएसम्म अत्यावश्यक अवस्थामा बाहेक ती दुई मुलुकको भ्रमण नगर्न भनेको हो ।
सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउँदै हाल इजरायल तथा इरानमा रहेका तथा नेपालबाट इजरायल वा मध्यपूर्वका अन्य मुलुकको भ्रमण वा यात्रा गर्ने योजनामा रहेका नेपाली नागरिकले अत्यावश्यकबाहेक भ्रमणमा ननिस्कन सरकारले भनेको हो ।























