Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सिन्धुपाल्चोकको भोटेकोशी र सुनकोशी नदी क्षेत्रमा ठूलो वर्षासँगैको बाढी आउनसक्ने भएकाले सतर्क रहन आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी र सुनकोशी नदी क्षेत्रमा ठूलो वर्षासँगै बाढी आउनसक्ने भएकाले सतर्क रहन आग्रह स्थानीय प्रशासनले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, चौताराले एक सूचना जारी गर्दै भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा जोखिम हुनसक्ने भएकोले नदी आसपास बसोबास गर्नेहरुलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

जारी सूचनामा असार ३ गते देखि ७ गतेसम्म छिमेकी राष्ट्र चीनको भोटेकोशी नदी भई बग्ने तिब्बत क्षेत्रमा अत्याधिक वर्षा हुन सक्ने सम्भावना रहेको भनेर चीनको प्रहरी कार्यालयबाट सूचना प्राप्त भएकोले भोटेकोशी र सुनकोशी नदी आसपास सतर्कता अपनाउन अनुरोध गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिएका छन् ।

Health Tips Ad Road Block