Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

इजरायल र इरानबीचको युद्ध चर्किँदा रासायनिक मलको मूल्य बढ्नसक्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । इजरायल इरानबीचको युद्धका कारण रासायनिक मलको मूल्य बढ्नसक्ने संकेत गरिएको छ । युद्धका कारण मल उत्पादननका लागि आवश्यक पर्ने कच्चा पदार्थको अभाव हुने हुँदा रासायनिक मलको लागत २० प्रतिशतसम्म बढ्न सक्ने र त्यसले मूल्य बढाउने सरोकारवालाले बताएका हुन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार युद्धका कारण रासायनिक मलको मूल्य प्रतिमेट्रिक टन एक सयदेखि १५० अमेरिकी डलर बढ्ने देखिएको हो ।

युद्ध लम्बिँदै गएमा मल आपूर्तिमा समस्या हुनसक्ने र कोटाअनुसार आपूर्ति हुन नसक्ने मन्त्रालयको भनाइ छ । नेपालमा बर्खा लागेसँगै मलको खपत धान रोपाईमा बढ्दै गइरहेको छ । यद्दपि बजारमा मल आपूर्ति नियमित भइरहेको मन्त्रालयको भनाइ छ ।

Health Tips Ad Road Block