काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रको आयोजनामा प्रस्तावित कृषि विद्येयक र राष्ट्रिय कृषि नीति बारेमा सरोकारवालाबीचको छलफल कार्यकम सम्पन्न भएको छ । कार्यक्रम कृषि उद्यम केन्द्रका सभापति डिबि बस्नेतको सभापतित्व एवं महासंघका उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । छलफलमा उपाध्यक्ष ढकालले बजेटमा कृषिबारे अझै सम्बोधन हुन नसकेकोले नेपालको कृषि विकास गर्ने हो भने अब जारी हुने कृषि विद्येयकमा कृषक मैत्री नीति आउने विश्वास व्यक्त गर्दै विगतमा महासंघले कृषि विद्येयकको आवश्यकतालाई महसुस गरि बहस पैरवी गरेको बताए । सोही कारण कृषि विद्येयक ल्याउन सरकार लागेको बताउँदै विद्येयकमा समावेश गर्ने राय, सुझाव संकलन गर्ने कार्यमा कृषि उद्यम केन्द्रले गरेको कार्यको प्रशंसा गर्दै प्रस्तावित विद्येयक र नीतिमा अझै समावेश गर्न छुटेका बुँदाहरु उपलव्ध गराउन भने । वन, कृषि र भूमिसुधारमा अझै पनि धेरै समस्या रहेको उनले बताए । साथै अन्तरमन्त्रालयको बीचमा समन्वय हुन नसक्दा उत्पादनमा कमी र युवाहरु कामको लागि देश छोडनुपर्ने बाध्यतालाई कम गर्न देशमा नै रोजगारी सृजना र कृषिको व्यवसायीकरण गरि आयातलाई प्रतिस्थापन गर्नेतर्फ लाग्नुपर्ने उनको भनाइ छ । उनले महासंघले उपलब्ध गराउने राय, सुझावहरुलाई समावेश गर्न सरकारलाई अनुरोध गर्ने प्रतिवद्धता जनाए ।
महासंघ कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेतले विगतमा मन्त्रालयलाई उपलव्ध गराईएको सुझाव केही हदसम्म सम्बोधन भएको र अझै माग भई आएकोले प्राप्त सुझावहरुलाई एकिकृत गरि मन्त्रालयमा पठाइने बताए । वस्तुगत संघबाट सुझाव प्राप्त गर्ने, कृषि उद्यम केन्द्र व्यवसायीहरुको हक हितमा सदा तत्पर रहेकोले सरकारलाई दिने सुझावहरु केन्द्रमार्फत गएको खण्डमा कृषि विद्येयकमा परेको बुँदाहरुबाट प्रमाणित गरिने भएकोले अब पठाइने सुझावहरु केन्द्रमा उपलव्ध भएमा एकिकृत गरि मन्त्रालयमा पठाइने जानकारी गराए ।
छलफल कार्यक्रममा नेपाल डेरी एशोसिएसन, रुद्राक्ष व्यवसायी संघ, नेपाल व्यवसायी संघ, नेपाल चामल, दाल उत्पादक संघ, नेपाल कफी व्यवसायी महासंघ, फ्लोरिकल्चर एशोसिएसन नेपाल, नेपाल कोदो तथा फापर संघ, नेपाल सुन्तला तथा कागती संघ, नेपाल कृषि मेशिनरी व्यवसायी संघ, नेपाल हव्स तथा हर्वल उत्पादक संघ, नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघ, नेपाल कुचो संघ, भक्तपुर उद्योग वाणिज्य संघ, नेपाल अलैंची व्यवसायी महासंघ, निर्यात व्यवसायी महासंघ नेपाल, मुना कृषि, इन्देणी मसरुम फार्म बलम्बुका अध्यक्ष एवं प्रतिनिधिले प्रस्तावित कृषि विद्येयक र राष्ट्रिय कृषि नीतिमा अझै संशोधनको आवश्यक रहेकाले धारणा राख्दै कृषि उद्यम केन्द्र, महासंघबाट यसलाई अध्ययन गरि प्राप्त सुझावलाई एकिकृत गरि मन्त्रालयमा पुनः पेश गर्न अनुरोध गरेका थिए ।

कृषि उद्यम केन्द्रले विगतमा प्राप्त सुझावलाई एकिकृत गरि मन्त्रालयमा उपलव्ध गराइएकोमा यसलाई अध्ययन गरि पठाइने बताएको छ ।






















