Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अब श्रमिकहरुको न्यूनत्तम पारिश्रमिक वैज्ञानिक तरिकाले पुनरावलोकन गरिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अब श्रमिकहरुको न्यूनत्तम पारिश्रमिक वैज्ञानिक तरिकाले पुनरावलोकन गरिने पुनरावलोकन गरिने भएको छ । औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक पुनरवलोकन गर्न गठित समितिले श्रमिकको पारिश्रमिक वैज्ञानिक तरिकाले पुनरवलोकन गर्ने गरी तयारी थालेको हो । श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोइरालाको संयोजकत्वमा गठित समितिले यस पटक श्रमिक र रोजगारदाता दुवैको जित हुने गरी वैज्ञानिक तरिकाले पारिश्रमिक वृद्धि गर्ने तयारी थालेको बताएको छ ।

आगामी साउन १ देखि लागु हुने औपचारिक क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक विगतको भन्दा फरक र वैज्ञानिक तरिकाले पुनरवलोकन गर्ने गरी प्रक्रिया अगाडि बढाइएको समितिको भनाइ छ । विगतमा बजार मूल्यलाई आधार मानेर श्रमिकको पारिश्रमिक वृद्धि गरिँदै आएकामा यस पटक बजार मूल्यसहित श्रमिकको माग, उत्पादन र उत्पादकत्वसमेतलाई विश्लेषण गरेर पारिश्रमिक पुनरवलोकन गरिने बताइएको हो ।

हाल श्रमिकको न्यूनतम पारिश्रमिक १० हजार ८२० रुपैयाँ र महँगी भत्ता छ हजार ४८० सहित १७ हजार तीन सय रुपैयाँ रहेको छ । चिया बगानमा काम गर्ने श्रमिकको पारिश्रमिक आठ हजार ९३४ र महँगी भत्ता चार हजार ९५९ रुपैयाँसहित १३ हजार ८९३ रुपैयाँ रहेको छ । विद्यमान पारिश्रमिक २०८० साउन १ देखि कार्यान्वयनमा छ । श्रम ऐन अनुसार औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको पारिश्रमिक हरेक दुई÷दुई वर्षमा बजार भाउका आधारमा पुनरवलोकन गर्नुपर्दछ ।

Health Tips Ad Road Block