Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर, ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाको मासिक किस्ता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालका लागि स्टाइलिस र प्राविधिक रुपमा अब्बल दिपल इभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले आकर्षक ग्राहकमैत्री स्किम ‘ड्राइभ नाउ, पे लेटर’ सार्वजनिकगरेको छ । यो निश्चित समयका लागि जारी गरिएको यो स्किम अन्तर्गत दिपलको प्रिमियम इभी खरिद गर्ने ग्राहकले पहिलो ६ महिनाको मासिक किस्ता तिर्नुपर्ने छैन ।

यो ग्राहक योजनाले विश्वस्तरीय डिजाइन र प्रविधिले भरिएको नेपालको नं १ लक्जरी इभी ब्रान्ड दिपल खरिद गर्ने ग्राहकको सपनालाई सहज बनाउने कम्पनीको विश्वास रहेको छ । ग्राहकले ६ महिनाको मासिक किस्ता निशुल्क पाउनुका साथै आफ्नो पुरानो कारमा बजारकै उत्कृष्ट रिकन्डिसन भ्यालु, निःशुल्क अटो प्लस इन्स्योरेन्स, निःशुल्क ७ किलोवाट वाल चार्जर र ३ किलोवाटको ट्राभल चार्जर र ८२÷८३ सालको निःशुल्क सडक कर पनि पाउने कम्पनीले जनाएके छ । यो योजना दिपल एस ०७, दिपल एस ०७ एल र दिपल एल ०७ मा नेपालभरका दिपल सोरुममा उपलब्ध हुने कम्पनीले बताएको छ ।

एक वर्षअघि नेपालमा सार्वजनिक भएपछि हालसम्म ९०० युनिटभन्दा बढी दिपल बिक्री भइसकेको कम्पनीले जानकारी दिएको छ । जेस्चर कन्ट्रोल, सनफ्लावर टचस्क्रिन, एआर एचयुडीलगायत १० भन्दा बढी इन्डस्ट्रि फस्र्ट फिचरहरु छन् जसले दिपललाई नेपालकै सबैभन्दा बढी रुचाइएको लक्जरी इभी बनाएको कम्पनीको दाबी छ ।

Health Tips Ad Road Block