Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नाडा अटो शो २०२५ उद्घाटनका लागि उपप्रधान तथा अर्थमन्त्रीलाई आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग भेटगरी आगामी नाडा अटो शो उद्घाटनका लागि निम्तो दिएको छ । आउँदो भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १७ औं संस्करणको नाडा अटो शो २०२५ को प्रमुख अतिथिको रुपमा उद्घाटन गरीदिन नाडाले औपचारिकरुपमा आग्रह गरेको हो ।

भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले धेरै समयको अन्तरालपछि नेपालको अटोमोवाइल क्षेत्र लगायत समग्र निजी क्षेत्र मैत्री बजेट आएको धारणा राखे । छलफलका क्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालमा पहिलो पटक सिमरामा सवारी साधन मेनुफेक्चरिङ्ग उद्योग खोल्ने तयारी भईरहेकोले त्यस्ता उद्योगलाई टेवा पुग्ने नीति आउनु पर्ने, यस्ता मेनुफेक्चरिङ्ग उद्योगलाई थप सुविधा उपलब्ध गराउनु पर्ने र नीतिमा स्थिरता ल्याउनका लागि आग्रह गरे ।

उपप्रधान तथा अर्थमन्त्री पौडेलले नाडाको राखेको उक्तआग्रहलाई सहर्ष स्वीकार गर्दे नेपालका अटोमोवाइल व्यवसायीहरुले धेरैभन्दा धेरै राजश्व उपलब्ध गराएर सरकारलाई सहयोग गर्नुपर्ने बताए ।

प्रतिनिधिमण्डललमा नाडाका महासचिव सुरेन्द्र कुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

Health Tips Ad Road Block