Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्धु कोरिडोरको स्थलगत अवलोकन हुँदै, बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला

Citizenlife ad 2082 falgun to baishak 2083

झापा । पूर्वी दक्षिण एसिया क्षेत्रमा व्यापार तथा यातायात सञ्जालमा रहेका चुनौती र सम्भावनाहरूको समीक्षा गर्न बिर्तामोड, झापामा उप–क्षेत्र स्तरीय क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी सुरु भएको छ । ‘पूर्वी दक्षिण एसियामा व्यापार र यातायात सञ्जालः चुनौतीहरू र आगामी कार्यदिशा’ शीर्षकमा सोमबारदेखि आयोजित कार्यशाला एसिया प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग यूएनइस्क्याप र नेपाल सरकार राष्ट्रिय योजना आयोगको सह–आयोजनामा सञ्चालन गरिएको हो ।

कार्यशालाको उद्घाटन गर्दै योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले पूर्वी दक्षिण एसियाली राष्ट्रहरू—नेपाल, भारत, बङ्गलादेश र भुटानबीचको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्दै क्षेत्रीय एकीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यशाला विशेष अर्थपूर्ण रहेको स्पष्ट पारे । उपाध्यक्ष अधिकारीले यस क्षेत्रमा विद्यमान व्यापार र यातायात सञ्जालमा रहेका समस्या तथा चुनौतीहरूलाई क्षेत्रीय सहकार्यमार्फत आवश्यक नीतिगत तथा सङ्गठनात्मक समाधान गर्न कार्यशालाले सुझाव प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले प्रस्तुतीकरण मार्फत “चिकेन्स नेक करिडोर” (सिलगुरी करिडोर) लाई सम्भावनाको भू–आर्थिक कोरिडोरको रूपमा व्याख्या गर्दै यसले नेपाल लगायतका देशहरूको व्यापार वृद्धि, लागत न्यूनीकरण, तथा क्षेत्रीय सहकार्यलाई मजबुत बनाउने बताए ।

बङ्गलादेश, भुटान, भारत र नेपाल ढाँचामा सवारी सम्झौता (मोटर भेहिकल एग्रिमेन्ट) जस्ता पहलहरूले पूर्वाधार एकीकरण, आर्थिक सहकार्य र समावेशी विकासमा योगदान पुर्‍याउने विश्वास उनले व्यक्त गरेका छन् ।

उपाध्यक्ष अधिकारीले नेपालको १६औँ योजनाले व्यापार तथा यातायातलाई गुणस्तरीय पूर्वाधार, निर्यात प्रवर्द्धन, र क्षेत्रीय समन्वयसँग जोडिएको प्रमुख विषयवस्तुका रूपमा स्थान दिएको उल्लेख गर्दै डिजिटल व्यापार प्रणाली, भन्सार प्रणालीको आधुनिकीकरण र साना व्यापारीहरूलाई समेट्ने समावेशी रणनीति आवश्यक रहेको बताए ।

उक्त कार्यशालामा काँकडभिट्टा–फूलबारी–बगलबन्धु कोरिडोरको रणनीतिक महत्त्व, डिजिटल व्यापार सहज प्रणाली, बहुपक्षीय साझेदारी तथा निजी क्षेत्रको भूमिका लगायतका विषयमा सत्रहरू सञ्चालन हुनेछन् । कार्यशालाबाट पूर्वी दक्षिण एसियामा अझ मजबुत, समावेशी, र दिगो व्यापार तथा यातायात सञ्जाल निर्माणका लागि व्यवहारिक सुझावहरू प्राप्त हुने अपेक्षा गरिएको छ ।

दुई दिनसम्म चल्ने उक्त कार्यशालामा काँकडभिट्टा –फूलबारी–बङ्गलाबन्धु कोरिडोरको स्थलगत अवलोकन समेत गर्ने कार्यक्रम रहेको छ ।

कार्यशालामा युएनइस्क्यापका नयाँ दिल्लीस्थित कार्यालयका प्रमुख मिस मिकि सहित नेपाल, भारत, बङ्गलादेश र भुटानका प्रतिनिधिहरू, अन्तर्राष्ट्रिय संस्था, विभिन्न सरकारी निकाय तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

कार्यशालाको अध्यक्षता गर्दै आयोगकी सदस्य गीता कुमारी पौड्याल अधिकारीले कार्यशालाबाट प्राप्त सुझावहरूले नेपालसहित सम्पूर्ण उप–क्षेत्रको समावेशी तथा दिगो विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

Health Tips Ad Road Block