Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

ग्वार्को फ्लाईओभरबाट केही समयमै सार्वजनिक यातायात सञ्चालन हुने, मुख्य संरचना निर्माण सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडों । ललितपुरको ग्वार्कोस्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएको छ । फ्लाई ओभरको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षणपछि यसलाई पुष्टि गरेको हो । निरीक्षणका क्रममा मन्त्री दाहालले सो फ्लाई ओभर निर्माणको कार्य नौलो अभ्यास भएकाले केही ढिला भएको बताए । यसै गरि अन्य निर्माणाधिन योजना तथा आयोजनाहरु पूरा गराउन मन्त्रालयले प्राथमिकता दिएको उनले जनाए ।

निरीक्षणका क्रममा सडक विभागका महानिर्देशक डा. विजय जैशीले मुख्य संरचनाहरुको निर्माण पूरा भएको र अब केही दिन भित्रमै सार्वजनिक यातायात सञ्चालन गरिने बताए ।

यस्तै सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दिप बाराहीले अब फ्लाईओभरको मध्य भागमा डिभाईडर राख्ने तथा केहि सामान्य कामहरु बाँकि छ । २्३ दिन भित्रै बाँकी कामहरु पूरा भएपछि यातायात सञ्चालनका लागि खुल्ला गरिने उनले जनाएका छन् ।

पूर्वनिर्धारित समयमा निर्माण कार्य पूरा हुन नसकेपछि मन्त्री दाहालले पटक–पटक निरीक्षण र अनुगमनपछि चाँडै काम सक्न निर्देशन दिएका थिए । सो फ्लाई ओभर सञ्चालनमा आएपछि कोटेश्वर तथा ग्वार्को क्षेत्रको यातायात सञ्चालन सहज हुने अपेक्षा गरिएको छ ।

Health Tips Ad Road Block