skip this News Page Tips Ad Road Block

एयर इन्डिया विमान दुर्घटनाः २४० यात्रुको मृत्यु

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । भारतको अहमदाबाद विमान दुर्घटनामा २४० यात्रुको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यम  दैनिक भाष्करले एयर इन्डियाको विमान दुर्घटनामा परेकाकाे मृत्युबारे पुष्टी गरेकाे हाे । दैनिक भाष्करले जनाएअनुसार विमान लन्डन जाँदै थियो र अहिलेसम्म दुर्घटनामा दुई जना मात्र बाँचेका छन्।  विमानमा १६९ भारतीय र ५३ बेलायती सवार थिए ।

एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान अहमदाबादमा दुर्घटनाग्रस्त भएको भाष्करले बताएको छ। यसअघिकाे समाचारमा दैनिक भाष्करले विमानमा सवार सबै २४२ जनाको मृत्यु भएको समाचार एजेन्सी एपीले गुजरात प्रहरी आयुक्तलाई उद्धृत गर्दै यो जानकारी दिएको उसले उल्लेख गरेको थियाे ।

दैनिक भाष्करले भनेको छ, ‘एयर इन्डियाको उडान नम्बर एआई–१७१ अहमदाबादबाट लन्डन जाँदै थियो। विमानमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज र एक क्यानेडियन नागरिकसहित जम्मा २३० यात्रु थिए। बाँकी १२ जना चालक दलका सदस्य थिए। दुर्घटनास्थलमा भेटिएका अधिकांश शवहरू यति नराम्ररी जलेका छन् कि पहिचान गर्न अत्यन्तै गाह्रो छ। डीएनए परीक्षण पछि मात्र उनीहरूको पहिचान सम्भव हुनेछ।’

त्यस्तै भाष्करले लेखेको छ, ‘ विमान अहमदाबादको सिभिल अस्पतालका डाक्टरहरू बस्ने भवनसँग ठोक्किएको थियो। जानकारी अनुसार दुर्घटनाको समयमा भवनमा ५० देखि ६० डाक्टरहरू उपस्थित थिए, जसमध्ये १५ भन्दा बढी घाइते भएका छन्। एयर इन्डियाको उडान नम्बर एआई–१७१ दिउँसो १ः३८ बजे उडेको थियो। दिउँसो १ः४० बजे दुर्घटनाग्रस्त भएको थियो।’

Health Tips Ad Road Block