जोमसोङ, मुस्ताङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङ जिल्ला पार्टी कार्यालयको शिलान्यास गरेको छन् ।
शिलान्यास कार्यक्रममा अध्यक्ष प्रचण्डले आफ्नै पार्टी कार्यालय निर्माण भएपछि जिल्ला पार्टीले जनताको पक्षमा थप ऊर्जा र उत्साहका साथ काम गर्न सक्ने विश्वास व्यक्त गरे ।

यसैबीच अध्यक्ष प्रचण्डले मुस्ताङलाई नमूना जिल्लाको रूपमा विकास गर्ने स्पष्ट योजना माओवादी केन्द्रसँग रहेको बताएका छन् । उनले भने, “हामीले मुस्ताङको वस्तुगत अवस्था बुझ्न स्थलमार्ग हुँदै गाउँगाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गरेका छौँ। जनताका समस्या बुझेका छौँ र अब समाधानमा इमानदारीपूर्वक लाग्न आवश्यक छ।”




















