ललितपुर । इन्टरनेट सेवा प्रदायक वाईफाई नेपालले आकर्षक ‘मनसुन अफर–सेन्चुरी प्याक’ सार्वजनिक गरेको छ। मनसुनको मौसममा इन्टरनेट अनुभवलाई अझ ताजा र सहज बनाउन विशेष अफर ल्याएको कम्पनीले जनाएको छ । अफरअन्तर्गत १०० एमबीपीएसको उच्च गति इन्टरनेट, १२ महिनामा १ महिना बोनस, बिना कुनै थप शुल्क (भ्याटसहित), नोकिया फाइभ जीएचजी राउटर जम्मा ८,५०० मा उपलब्ध हुने कम्पनीको भनाइ छ ।
वाईफाई नेपालका प्रमख कार्यकारी अधिकत शत्रुहन पञ्जियार भन्छन्, ‘वाईफाई नेपालको लक्ष्य सधै सबै नेपालीहरूलाई छिटो र भरपर्र्दाे इन्टरनेट सेवा किफायती मूल्यमा उपलब्ध गराउनु नै हो। हामीले १०० एमबीपीएस सेवा सफलताका साथ संचालन गरिराख्दा आज हाम्रा ग्राहकहरुलाई मध्यनजर गर्दै मनसुन अफर सार्वजनिक गरेका छौँ। यस अफरको फाइदा लिनुहुन सम्पूर्ण ग्राहकहरुमा अनुरोध गर्दछु।’
साथै देशैभरिका ४८ वटा शाखाका १०० भन्दा बढी शहरहरुमा ४४३ जना जनशक्तिमार्फत ग्राहकहरुलाई सेवा दिइरहेको कम्पनीले जनाएको छ ।






















