काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीतिका सम्बन्धमा असार १० गतेसम्म सुझाव दिन भनेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम यस बैंकले प्रत्येक वर्ष मौद्रिक नीति तर्जुमा गरी सार्वजनिक गर्दै आएको र यस सम्बन्धमा आफूलाई लागेको सुझाव दिन भनेको हो ।
राष्ट्र बैंकले भनेको छ, ‘ आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति तर्जुमाको लागि राय सुझाव भए यस बैंकको आर्थिक अनुसन्धान विभाग वा इमेलः monetarypolicy@nrb.org.np मा २०८२ असार १० भित्र उपलब्ध गराउनु हुन सम्बन्धित सबैमा अनुरोध छ।’
सरकारको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ ।






















