Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

‘बजाज माइलेज च्याम्पियन–२०२५’ सम्पन्नः प्रिन्स पटेल विजयी

Citizenlife ad 2082 falgun to baishak 2083

वीरगञ्ज । जेठ २४ गते जून ७ तारिख शनिबारका दिन वीरगञ्जको बौहरवा भाटीमा ‘बजाज माइलेज च्याम्पियन–२०२५’ भव्य र उत्साहजनक रूपमा सम्पन्न भएको छ ।

रिशव इम्पेक्सको आयोजनामा सम्पन्न भएको कार्यक्रममा ७० जना प्रतिस्पर्धीले सक्रिय सहभागिता जनाएका थिए । कार्यक्रम अवधिभर करिब ४०० भन्दा बढी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उक्त माइलेज प्रतियोगिता सवारी साधनमार्फत इन्धनको अधिकतम उपयोग र दक्षता प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको कम्पनीले जनाएको छ । प्रतिस्पर्धामा सहभागीहरूलाई एक लिटर पेट्रोल उपलब्ध गराई, त्यसमा कसले बढी दूरी तय गर्न सक्छ भन्ने आधारमा विजेता चयन गरिएको थियो ।

प्रतियोगितामा विजेता बनेका प्रिन्स पटेलले एक लिटर पेट्रोलमा ९२ किलोमिटर दूरी पार गर्दै पहिलो स्थान हासिल गरेका थिए । यस्तै उपविजेता हिराल मुखियाले ८७ किलोमिटर दूरी तय गरेका थिए भने संजित कुमार गुप्ताले ७२ किलोमिटरको माइलेज तय गर्दै दोस्रो उपविजेता बन्न सफल भएका थिए ।

रिशव इम्पेक्सका प्रतिनिधिका अनुसार, ’यस किसिमका कार्यक्रमहरूले उपभोक्ताहरूमा इन्धन दक्षता, स्मार्ट र दिगो सवारी प्रयोगका उपायहरूबारे जनचेतना अभिवृद्धि गर्नुका साथै ग्राहकहरूसँगको सम्बन्धलाई थप प्रगाढ बनाउँछन् ।‘

रिशव इम्पेक्सले सहभागी, दर्शक, आयोजक टोली तथा सहकार्यकर्ता सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ परिस्कृत तथा प्रभावकारी कार्यक्रमहरूको निरन्तरता रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

Health Tips Ad Road Block