Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपाल घरेलु तथा साना उद्योग महासंघ ३६ औँ वर्षमा प्रवेशः लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन मुख्य आवश्यकता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । लाखौं नागरिकहरूलाई स्वरोजगार र स्थानीय रोजगारीको अवसरका साथै स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन नै अहिलेको मुख्य आवश्यकता भएको सरोकारवालाहरुले बताएका छन् । लघु, घरेलु तथा साना उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ स्थापनाको ३६ औं वर्षमा प्रवेश गरेको अवसरमा राजधानीको माइतीघरस्थित महासंघको सचिवालयमा आयोजना गरिएको स्थापना दिवसमा बोल्नेहरुले यस्तो बताएका हुन् ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले लघु, घरेलु तथा साना उद्योग नेलको वास्तविक आर्थिक संरचना र सम्भावनाको प्रतिबिम्ब भएको भन्दै यस्ता उद्योग बिना दिगो, समावेशी र आत्मनिर्भर अर्थतन्त्रको कल्पना गर्न नसकिने बताए । राज्यले नीतिगत, वित्तीय र प्रविधिगत सहयोग पुर्याए यीनै उद्योगहरूले नेपाललाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने सामर्थ्य राख्ने उनको भनाई थियो ।

आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा सहयोगी हुने यस्ता उद्योगहरुले ग्रामीण र विकट क्षेत्रको आर्थिक उत्थान गर्नुका साथै साना उद्योगहरू गाउँगाउँमा खोल्न सकिने भएकाले क्षेत्रीय असमानता घटाउनेतर्फ अध्यक्ष सिंहले ध्यानाकर्षण गराए । स्थानीय स्रोतसाधन र सीपको उपयोग गर्दै महिलाहरू, युवा र विपन्न समुदायको सशक्तीकरणमा सहयोग पुर्याउने यस्ता उद्योगमा ठूला उद्योगको तुलनामा कम लगानी, कम जोखिम र अधिक लचिलोपना हुने भन्दै उनले भने, ‘ नेपालजस्तो मुलुकमा ठूलो उद्योग सञ्चालनका लागि भौगोलिक, पूँजीगत र पूर्वाधार सम्बन्धी सीमितता छन् । यहाँ लघु, घरेलु तथा साना उद्योग नै आर्थिक गतिशीलताको मेरुदण्ड बन्न सक्छन् ।’

सरकारले विगतमा दिँदै आएको सहुलियतपूर्ण कर्जा, पुनरकर्जाका बारेमा आगामी आर्थिक वर्षको बजेट मौन देखिएकोले यसलाई निरन्तरता दिनका लागि आगामी दिनमा यस्ता कुराको आवश्यक व्यवस्था हुनुपर्नेमा अध्यक्ष सिंहले जोड दिए ।

महासंघका निवर्तमान अध्यक्ष श्याम गिरीले लघु, घरेलु तथा साना उद्योगहरुलाई अर्थतन्त्रको इञ्जिन भने पनि व्यवहारमा देख्न नसकिएको बताए । लघु, घरेलु तथा साना उद्यमीहरुको हकहितको पैरवी गर्न महासंघ स्थापना भएको भन्दै उनले नेपाल भरका लघु, घरेलु तथा साना उद्योगीहरुको छाता संगठनको रुपमा विकास भएको बताए ।

कार्यक्रममा महासंघका सल्लाहकार लता प्याकुरेल, वरिष्ठ उपाध्यक्ष सुर्य कँडेल, उपाध्यक्षहरु शोभा गुरुङ, मुकेश उपाध्याय, राजेन्द्रमान श्रेष्ठ, चन्दनकृष्ण श्रेष्ठ, हरिहर थापा, सत्यनारायण प्रजापति, शान्ता बास्कोटा, मोहन कटुवाल, महासचिव डम्बर प्रसाद रेग्मी, केन्द्रीय महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रिता अवाल लगायतले आफ्ना शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा महासंघ गण्डकी प्रदेशका अध्यक्ष महाप्रसाद सुवेदी, लुम्बिनी प्रदेशका अध्यक्ष गणेश प्रसाद अधिकारी, कर्णाली प्रदेशका अध्यक्ष गोमा ओली, सुदूरपश्चिम प्रदेशका अध्यक्ष रुक्मिणी देवकोटा, महासंघका सचिव रुद्र न्यौपाने, केन्द्रीय महिला उद्यमी समिति बागमती प्रदेशका उपाध्यक्ष सुलोचना श्रेष्ठ, केन्द्रीय महिला उद्यमी समितिका सचिव दीपा शाक्य, महासंघ केन्द्रीय सदस्यहरु रामहरी तोलाङ, पूर्ण पाण्डे, यादव अधिकारी, कमल सिंह, भेषराज पाण्डेलगायतको उपस्थिति रहेको थियो । स्थापना दिवसकै अवसर पारेर महासंघ केन्द्रका साथै प्रदेश, जिल्लादेखि पालिकासम्म रहेका महासंघका संगठनहरुले विविध कार्यक्रम आयोजना गरी मनाइरहेका छन् ।

Health Tips Ad Road Block