skip this News Page Tips Ad Road Block

होण्डाद्वारा तीन दिने निःशुल्क सर्भिस क्याम्प तथा सेफ्टीरिकल कार्यक्रम हुँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले ग्राहक केन्द्रित सेवालाई प्राथमिकता दिँदै  ३ दिने निःशुल्क सर्भिस क्याम्प आयोजना गर्न लागेको छ । काठमाडौं, ललितपुर, भक्तपुर लगायतका शहरहरूलाई लक्षित गर्दै जेठ २७ देखि २९ गतेसम्म ललितपुरको धोबीघाटस्थित होण्डा सर्भिस सेन्टरमा सञ्चालन हुने उक्त क्याम्पमार्फत सेवा तथा सुरक्षाको थप सुनिश्चितता प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको जनाएको छ।

क्याम्पअन्तर्गत २००१ देखि २०१४ मोडलसम्मका कम्पनीद्वारा तोकिएका गाडीहरूमा होण्डा सेफ्टीरिकल कार्यक्रम अन्तर्गत निःशुल्क एयरब्याग परिवर्तन गरिनेछ । साथै  ग्राहकहरूले विभिन्न सेवा सुविधाहरूमा विशेष छुट पनि प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ । जसअन्तर्गत लेबर चार्जमा १० प्रतिशत, पाट्र्समा ७ प्रतिशत ल्युब्रिकेन्टमा ५ प्रतिशत एसि रिफिलमा २० प्रतिशत र डेन्ट–पेन्ट सेवामा १० प्रतिशत छुट प्रदान गरिनेछ । यसैगरी एचडीएस् स्क्यान सेवासमेत निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ।

कम्पनीले भविष्यमा पनि आफ्ना ग्राहकहरूलाई यस्ता सुविधायुक्त कार्यक्रममार्फत उत्कृष्ट सेवा प्रदान गर्न निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीले सम्पूर्ण होण्डा ग्राहकहरूलाई यो अवसरको भरपुर लाभ लिन अनुरोध गरेको छ ।

Health Tips Ad Road Block