काठमाडौं । नेपालमा रेलसेवाको अध्ययन र विकासबारे कोरीयामा छलफल भएको छ । दक्षिण कोरीया भ्रमणमा रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कोरेल कर्पोरेशनको कार्यालयमा पुगि छलफल तथा अन्तरक्रिया गरेका हुन् ।
मन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधीमण्डलसँग त्यहाँका उच्च अधिकारीहरुले नेपालमा रेल सेवाको अध्ययन र अनुसन्धानका लागि हुने सक्ने सहकार्यका बारेमा प्रकाश पारेका थिए ।
यस अघि नेपाल भ्रमणमा आएका कोरेलका अधिकारी एवम् नेपालको रेल विभाग तथा लगानी बोर्डका अधिकारीहरुबीच समेत नेपालमा रेल सेवाको विकास र अध्यननका बारेमा छलफल भएको थियो । उक्त छलफल पश्चात भएका समझदारीहरुका बारेमा समेत भेटमा कुराकानी भएको भ्रमण दलका सदस्य मनोज दाहालले जानकारी दिएका छन् ।
यस्तै भ्रमणका क्रममा कोरीयन एक्सप्रेस वे कर्पोरेशनका अधिकारीहरुसँग भेटमा आपसीहित र सहकार्यकार्यका बारेमा पनि छलफल भएको थियो ।






















