जनकपुर । मधेश प्रदेशमा एकैसाथ ६४ सडकको शिलान्यास गरिएको छ । मधेस प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको एक निर्वाचन क्षेत्र, एक सडक कार्यक्रमअन्तर्गत ६४ वटा सडकको उद्घाटन गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय माध्यमबाट एकैसाथ ६४ सडकको शिलान्यास गरेका हुन् ।

धनुषाको जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सडकको शिलान्यास गरेका हुन् ।





















