skip this News Page Tips Ad Road Block

डिडिसीका कर्मचारीले लिँदै आएको सेवा सुविधा कटौती

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास सस्थान (डिडिसी) अन्तरगतका कर्मचारीहरुले लिँदै आएको दैनिक एक लिटर दूध र मासिक एक लिटर घ्यू को सुबिधा बुधबारदेखि कटौती गरेको छ । दुग्ध किसानहरुलाई दिनु पर्ने भुक्तानी , सरकारबाट लिएको ऋण चुक्ता गर्नुपर्ने अवस्था लगायतका कारण यो सुबिधा कटौती गर्नुपरेको मन्त्रालयले जनाएको छ ।

अन्य सार्वजनिक सस्थानहरुमा पनि सस्था घाटा नोक्सानीमा गएका बेला सुबिधा नलिने गरिएको अभ्यास रहेको उल्लेख गर्दै मन्त्रालयले दूध तथा दुग्ध जन्य पदार्थ बिक्री गरि आम्दानी गर्ने किसानलाई भुक्तानी दिन नसकिरहेको परिस्थितिमा सुधार ल्याउन पनि सुबिधा कटौती जरुरी रहेको ठहर गरेको छ ।

यस अघि मन्त्रालयले सस्थान व्यवस्थापन समक्ष खाईपाई आएको सेवा सुबिधाको जानकारी मागेको थियो ।

मन्त्रालयले सस्थानको महाप्रबन्धकमा सहसचिव जगदीश पाण्डेलाई पठाएको छ ।

Health Tips Ad Road Block