skip this News Page Tips Ad Road Block

असार १२ र १३ गते पहिलो फिल्ड इपिडिमियोलोजी नेशनल कन्फ्रेन्स हुने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आउँदो असार १२ र १३ गते नेपालमा पहिलो फिल्ड इपिडिमियोलोजी नेशनल कन्फ्रेन्स हुने भएको छ । फिल्ड इपिडिमियोलोजी र प्रकोप प्रतिक्रियासम्बन्धी अनुभवहरू र अध्ययनहरू साझा गर्दै रोग निगरानी, पहिचान, प्रतिकार्यसम्बन्धी अनुसन्धान तथा नविनतम अभ्यास र सिकाई आदान–प्रदान गरेर उत्कृष्ट अभ्यासहरू पहिचान गर्ने र सहकार्य सुदृढ गर्ने उदेश्यका साथ यो सम्मेलन हुन लागेको आयोजक इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चन्द्रभाल झाले बताएका छन् । विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा सम्मेलन हुन लागेको महाशाखाले जनाएको छ ।

त्यस्तै सम्मेलनमार्फत रोग अनुसन्धान तथा नियन्त्रणमा संलग्न सरोकारवालाहरूलाई एकै स्थानमा ल्याउने र साझा ज्ञान तथा सहकार्यको माध्यमबाट स्वास्थ्य सुरक्षालाई सुदृढ बनाउने, महामारी तयारीलाई बढावा दिने र दिगो रोग नियन्त्रणमा योगदान पुर्‍याउने आशा गरिएको छ । विशेष गरी संक्रामक रोगहरुको नियन्त्रणका विषयमा छलफल गरेर सम्मेलनबाट आएका विषयहरुले महामारी नियन्त्रणमा भोलिका दिनमा नीति नियम र रणनीति बनाउन उपयोगी हुने दाबी निर्देशक झाको रहेको छ ।

सम्मेलनमा १५० देखि २०० जनाको सहभागिता हुने काठमाडौंमा पत्रकार सम्मेलन गरी महाशाखाले जनाएको छ ।

एन्टिमाइक्रोबियल प्रतिरोध, किट–जन्य रोगहरू, संक्रमण रोकथाम र नियन्त्रण, खोपबाट रोक्न सकिने रोगहरू, निगरानी प्रणाली, कीटजन्य र उपेक्षित उष्णदेशीय रोगहरू, जोखिम सञ्चार र समुदाय सहभागिता र विपद् अनुसन्धान र प्रतिकार्य जस्ता विषयवस्तु सम्मेलनमा रहनेछन् ।

Health Tips Ad Road Block