skip this News Page Tips Ad Road Block

केपी ओलीले शिलान्यास गरेको रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको टेन्डर प्रक्रिया सरकारले अघि बढायो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । सप्तरीको राजविराज नगरपालिका–१० विरौलस्थित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास कार्य अघि बढ्ने भएको छ। त्यसै क्षेत्रका सांसद तथा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको पहल तथा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको चासोपछि प्रतिष्ठानका लागि आर्थिक वर्ष २०८३/८४ को बजेटमा समेटिएको थियो।

त्यसै अन्तरगत सरकारले रु. ५० करोड विनियोजन गरी टे टेन्डर प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। पूर्वाधार निर्माण कार्य तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ असार २२ गते अनलाइन मार्फत शिलान्यास गरेपछि सुरु गर्ने घोषणा भए पनि पर्यावरण प्रभाव मूल्याङ्कन रिपोर्ट (इआइए) नहुँदा काम रोकिएको थियो। हाल उक्त इआइए रिपोर्ट स्वीकृत भएपछि बजेट उपलब्ध गराइ टेन्डर प्रक्रिया अगाडि बढाइएको छ।

निर्माण सम्पन्न भए राजविराजमा प्रतिष्ठित स्वास्थ्य अध्ययन तथा सेवा केन्द्रको सञ्चालनले सो क्षेत्रको स्वास्थ्य सेवामा गुणात्मक सुधार आउने अपेक्षा छ।

१६ पुस २०७५ मा मन्त्रिपरिषद्ले प्रतिष्ठान स्थापना गर्ने निर्णय गर्दा नगरपालिकाले ३० वर्षका लागि ६२ बिघा जग्गा उपलब्ध गराएको थियो।

Health Tips Ad Road Block