काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटका बारेमा ब्रिफिङ गरेका छन् ।
मन्त्री पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर बजेटबारे ब्रिफिङ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते विहिबार आगामी आर्थिक वर्षको जेट ल्याउँदै छ । सोही बजेटका बारेमा मन्त्री पौडेलले मंगलबार राष्ट्रपतिसमक्ष ब्रिफिङ गरेका हुन् ।





















